सिन्धुली । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) सिन्धुलीले जिल्लाका जनजाती पत्रकारहरुको एक लाखको विमा गरिदिने भएको छ । जिल्लामा क्रियाशिल फोनिजका सदस्य तथा जनजाती पत्रकारहरुको लागि विमा गरिदिने भएको हो ।

कार्य समितिको अनलाईन बैठकबाट उक्त निर्णय भएको श्रेष्ठले जानकारी दिएका छन । कोरोना भाइरसको महामारीका कारण कुनै पनि सञ्चारमाध्यमबाट पत्रकारहरुलाई ननिकाल्न समेत मिडिया हाउसहरुलाई अनुरोध समेत गरेको छ ।
यस्तै फोनिजले सचेतता पूर्वक काम गर्न गराउन सञ्चारमाध्यमलाई अनुरोध गर्नुका साथै पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन तिनै तहका सरकारलाई अनुरोध समेत गरिएको छ ।




















