सिन्धुली । सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएका २ महिला र क्वारेन्टाईनमा राखिएका २ पुरुषको कोरोना परिक्षण नतिजा नेगेटिभ आएको छ ।
उनीहरुको स्वाव संकलन गरि सिन्धुली अस्पतालले आइतबार प्रादेशिक अस्पताल हेटौडामा परिक्षणको लागि पठाएको थियो ।
उनीहरु ४ जना कै रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्न राजभण्डारीले बताए ।
एकजना नेपाली सेना, एकजना भारतबाट आएका पुरुष र दुई जना सिन्धुली अस्पतालमा उच्च ज्वरो आई आइसोलेसनमा भर्ना गरिएका २ जना महिलाको कोरोना परिक्षण नतिजा नेगेटिभ आएको डा. राजभण्डारीले बताए ।





















