सिन्धुली । सिन्धुलीका पत्रकारहरुलाई कोभिड १९ को जोखिमका अवसरमा समाचार संकलनमा जाँदा सुरक्षित रहनका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ वाग्मति प्रदेशको समन्वयमा प्रेस रजिष्टार कार्यालय बाग्मति प्रदेशको सहयोगमा जिल्लाका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो ।
जिल्लामा क्रियाशिल पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघ सिन्धुली मार्फत सुरक्षा सामग्री प्रदान गरिएको हो । प्रेस रजिस्टार रेवति सापकोटाले पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीलाई १ सय ४५ थान सर्जिकल मास्क, ५० थान ग्लोब्स र ५० थान सेनिटाईजर उपलब्ध गराएका हुन । उनले महासंघ सिन्धुलीको शाखा कार्यालयमा आई उक्त सामग्री हस्तान्तरण गरेका हुन ।
महासंघ जिल्ला शाखाले जिललामा सञ्चालित एफएम रेडियो दैनिक पत्रिका र फन्टलाईनमा काम गर्ने पत्रकारलाई उक्त सामग्री प्रदान गरेको छ ।
सापकोटाले स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गर्दै कोभिड १९ को संक्रमणका बेलामा पत्रकारलाई प्रोत्साहन गर्नका लागि बाग्मति प्रदेशका सबै जिल्लामा स्वास्थ्य सामग्री प्रदान गर्दै अवस्थाबारे जानकारी लिन जिल्लामा आएको बताए ।
नेपाल पत्रकार महासंघ बाग्मति प्रदेशका महासचिव कृष्ण सारु मगरले क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहन गर्न स्वास्थ्य सामग्री प्रदान गरिएको बताए ।
सिन्धुली शाखाद्वारा जकेट प्रदान
नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले जिल्लामा क्रियाशिल ५० जना पत्रकारलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ । पत्रकारको सुरक्षालाई मध्येनजर गर्दै उनीहरुलाई प्रेस ज्याकेट प्रदान गरिएको हो ।
जिल्लामा सञ्चालित सञ्चारमाध्यम र अन्य क्रियाशिल पत्रकारहरुको सुरक्षालाई मध्यनजर गर्दै ज्याकेट उपलब्ध गराईएको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले बताए ।





















