सिन्धुली । धार्मिक सहिष्णुतामा आँच आउने सूचना प्रकाशन प्रसारण नगर्न सिन्धुलीका नागरिक तथा सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अनुरोध गरेको छ ।
सोमबार सार्वजनिक सूचना जारी गरि प्रशासनले उक्त अनुरोध गरेका हो । प्रशासनले ‘सामाजिक सद्भावमा प्रतिकुल असर पर्ने जातिय द्धन्द्ध फैलिने खालको, धार्मिक सहिष्णुतामा आँच आउने किसिमका कुनै पनि सूचना सामाजिक सञ्जाल, सञ्चार माध्यमबाट प्रकाशन प्रसारण नगरिदिन’ अनुरोध गरेको हो ।
उक्त सूचना प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जारी गरेका हुन ।





















