सिन्धुलीमा क्वारेन्टाईन तथा होम क्वारेन्टाईनमा बसेकाहरुको कोरोना परिक्षण (¥यापिट टेष्ट) सुरु भएको छ । जिल्लामा भारत तथा तेस्रो मुलुकबाट आई होम क्वारेन्टाईनमा रहेका र क्वारेन्टाईनमा बसेका सबैको ¥यापिट टेष्ट थालिएको हो ।

उनका अनुसार दुधौलीमा आइतबार १५ जनाको ¥यापिट टेष्ट गरिएको छ । ¥यापिट टेष्ट गरिएका सबैको रिपार्ट नेगेटिभ आएको छ । उनले स्थानीय तहले संकलन गरेको तथ्यांक अनुसार सबैको टेष्ट गरिने र सबै स्थानीय तहमा पुगेर परिक्षण गरिने बताए ।
सरकारले विदेशबाट आएका र क्वारेन्टाईनमा राखिएका सबैको ¥यापिट टेष्ट सुरु गरेको छ ।




















