सिन्धुली । नेवा: देय् दवू र नेवाः मिसा दवुको प्रथम जिल्ला अधिबेशन मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अधिवेशनले नेवाः देय् दवुमा राजकुमार श्रेष्ठ र नेवाः मिसा दवुमा शुशिला श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।

यस्तै शुशिला श्रेष्ठको अध्यक्षतामा नेवा : मिसा दवूको १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्ष लक्ष्मी श्रेष्ठ सचिव विजया श्रेष्ठ, कोषाध्यक्ष तारा श्रेष्ठ र सहसचिव सविता श्रेष्ठ चयन भएका छन । यसैगरि सदस्यमा सुमित्रा श्रेष्ठ, ममता श्रेष्ठ, रेजिना श्रेष्ठ, चपला श्रेष्ठ ज्ञानु श्रेष्ठ, सिता श्रेष्ठ, निर्मला श्रेष्ठ, सरिता श्रेष्ठ, सुशिला श्रेष्ठ, रमा श्रेष्ठ लगायत चयन भएका छन । बाँकी सदस्य नेवाःमिसा दवुको बैठकबाट थप गरिने छ ।




















