सिन्धुली । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष कृष्णहरी घिमिरेको अध्यक्षतामा भएको साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका कोषाध्यक्ष बिष्णुप्रसाद भण्डारीले सहकारीलाई राष्ट्र व्यापी वनाईने बताए । उनले पछिल्लो समयमा पेशागत आन्दोलन पछाडी परेको बताए ।

यस्तै विपद् ब्यबस्थापन कोष र सो सम्बन्धि नीति निर्माण गर्ने, वित्तिय अनुशासन र नियन्त्रण सम्बन्धि नीति निर्माण गर्ने, संचालक समितिको स्वमुल्याङ्कन सम्बन्धि नीति निर्माण गरिने समेत उनले साधारणसभा नीति पेश गरेका छन् ।
यस्तै कोषाध्यक्ष पुरुषोत्तम प्रसाद अधिकारीले आर्थिक बर्ष २०७५÷७६ को ४७ लाख ८९ हजार ७६१ रुपैंया बराबरको आय ब्यय प्रस्तुत गरेका थिए । यस्तै उनले साधारण सभा मार्फत आर्थिक बर्ष २०७६÷७७ मा ६३ लाख १९ हजार १६९ रुपैंयाको अनुमानित आय–व्यय प्रस्तुत गरेका छन् ।
साथै आर्थिक बर्ष ०७६÷७७ का लागि आर्थिक बर्ष ०७५÷७६ को स्वास्थ्य खर्च ६ लाख ३० हजार २८४ रुपैंया लाभांश खर्च रकम २ लाख ७६ हजार ४९३ रुपैंया संरक्षित पुजि फिर्ता कोषबाट १ लाख ९३ हजार ६८२ रुपैंया गरि १२ लाख ७३ हजार नगद वितरण गर्ने प्रस्ताव पेश गरेका छन् । नियमित बचतको व्याज १७ लाख ७४ हजार ४४३ रुपैंया, ऐच्छिक ब्यबजको १ लाख ३२ हजार ८४७ रुपैंया, आवधिक बचतको ब्याज १ लाख २५ हजार ९९९ रुपैंया, बाल बचतको ब्याज ३७ हजार ६५३ रुपैंया र पेन्सन बचतको ब्याज, ४ हजार ८६२ रुपैंया गरि जम्मा २० लाख ७५ हजार ८१० रुपैंया सम्बन्धित सदस्यको बचत खातामा जम्मा गर्ने प्रस्ताव पेस गरेका थिए ।
यस्तै साधारणसभामा एम.फिल गर्ने दिनेशप्रसाद घिमिरे, अग्रिम बचतकर्ता रुजा थापा सम्मानित भएका छन् भने भवानी देवकोटा, प्रकाशचन्द्र पहाडी, उत्कृष्ट शेयर सदस्यबाट सम्मानित भएका छन् । सारदा थापा असल बचतकर्ता र घनश्याम दाहाल असल ऋणी सदस्यका रुपमा सम्मानित भएका छन् ।
यस्तै सहकारीको संस्थाका शेयर सदस्यका सदस्यहरुका सन्ततिलाई २०७५ सालमा संचालित एस.ई.ई. परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने सामुदायिक विद्यालय तर्फ ३.३० जिपिए ल्याउने अजयदेव राई, सामुदायिक विद्यालय तर्फ ३.२० जिपिए प्राप्त गर्ने, निता स्याङतान, संस्थागत विद्यालय तर्फ ३.९ जिपिए प्रप्त गर्ने सदनराज श्रेष्ठ, ४.०० जिपिए प्राप्त गर्ने पंशंसा राईलाई सम्मान गरिएको छ ।
यस्तै साधारणसभामा संस्थापक अध्यक्ष टोमप्रसाद काफ्ले, उपाध्यक्ष भवानी देवकोटा, सचिव रामेश्वर दाहाल, सह–सचिव मुकुन्दप्रसाद चालिसे र कोषाध्यक्ष प्रतिमाकुमारी पोख्रेललाई सम्मान गरिएको छ ।
यस्तै सहकारीले आफ्ना सदस्यहरुलाई सहकारी सम्बन्धि प्रशिक्षण समेत दिएको छ । सहकारी सञ्जाल प्रदेश २ का अध्यक्ष बाबुराम घिमिरेले सहकारी सम्बन्धि प्रशिक्षण दिएका थिए । उनले सहकारीको अवस्था, बचत किन गर्ने, सहकारीका सिदान्त, स्थानीय सरकारले सहकारीको संरक्षण र प्रबद्र्धन किन गर्ने लगाएतका बारेमा शहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।
यसैगरि जेष्ठ शेयर सदस्य सम्मान कार्यक्रम अन्र्तगत कुलमणि आचार्य, घनेन्द्रबहादुर कार्की, अच्युतप्रसाद अधिकारी, केशव थापा, भुवनप्रसाद दाहाल र नन्दराज पहाडी सम्मानित भएका छन् भने संस्थाको संचार खर्च १३ जना सदस्यहरुले प्राप्त गरेका छन् ।




















