सिन्धुली । सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित संघिय सांसद गणेश कुमार पहाडीले विकासलाई दिगो विकासका मोडलका आधारमा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन । सिन्धुलीको तेस्रो जिल्ला सभा तथा स्थानीय तह, विषयगत सरकारी कार्यालय, गैह्रसरकारी संस्थाहरुको बार्षिक समिक्षा कार्यक्रमको उद्घाटन गर्दै पहाडिले हाम्रा विकासहरु दिगो विकासका आधारमा नभएको बताएका हुन ।
स्थानीय सरकारका विकासहरु वातावरणमैत्री नभएको अध्ययन तथा डिपिआर विना भईरहेको बताउँदै उनले भने, ‘डिपिआर बनाएर, अध्ययन गरेर दिर्घकालिन सोंचका आधारमा विकास भएका छैनन । स्थायी रुपमा दिर्घकालिन सोंचका आधारमा विकासलाई अगाडि बढाउन जिल्ला समन्वय समितिको समन्वयकारी भूमिका आवश्यक छ ।’

उनले दिर्घकालिन विकासमा सहयोग पुग्ने गरि योजना बनाउन जिल्ला सभालाई सुझाव समेत दिएका छन । यस्तै नेपाल सरकार, प्रदेश सरकार, स्थानयि सरकार र गैससले सम्पादन गरेका कामहरुको समिक्षा गरि समस्या समाधान गर्न अभियान चलाउन योजना बनाउन समेत आग्रह गरेका छन ।
सांसद पहाडिले आर्थिक विकासलाई जोड दिन जरुरी रहेको बताउँदै स्थानीय सरकारले कृषि क्षेत्रलाई विकास गर्न कृषि यान्त्रीकरण गर्दै कृषि उद्योगलाई प्राथमिकता दिन आग्रह गरे । उनले बेरोजगार युवालाई कृषि, पर्यटनमा रोजगार बनाउने गरि योजना बनाउन सुझाए ।
कार्यक्रममा बोल्दै प्रदेश नं. ३ का सांसद राजन दाहालले जिल्ला समन्वय समितिले तीन तहका सरकारका कामलाई अनुगमन, नियमन र नियन्त्रण गरि राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई सुधारतर्फ लान भूमिका खेल्नुपर्ने बताए । उनले तीनै तहका सरकारका कामलाई जोड्ने पुलको काम गर्न योजना बनाउन समेत जिल्ला सभालाई सुझाव दिए ।
कार्यक्रममा बोल्दै प्रदेश नं. ३ का सांसद प्रदीप कटुवालले स्थानीय सरकारका विकासका अवधारणा र गुणस्तरीयतामा एकरुपता ल्याउन योजना बनाउन सुझाव दिएका छन ।
उनले विकासको लक्ष्य पुरा गर्न सबै तहका सरकारका बीचमा समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसद बुद्धिमान माझीले बजेटको प्रभावकारी कार्यान्वयनका लागि नियमनकारी निकायको प्रभावकारी भूमिका आवश्यक रहेको बताए । यस्तै प्रदेश नं. ३ का सांसद विनोद खड्काले स्थानीय सरकार, गैसस र विषयगत कार्यालयबीच समन्वय र सहकार्यको कमी देखिएको र कसैले कसैको अस्थित्व स्वीकार नगरेको बताए । उनले सबैले सबैको अस्थित्व स्वीकारदै समन्वय गर्न आवश्यक रहेको बताए ।
जिल्ला समन्वय समितिका संयोजक शंकरराज बर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार, नेकपाका प्रतिनिधि सूर्य पाख्रिन, नेपाली कांग्रेसका प्रतिनिधि माणिक ढकाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए भने जिसस सदस्य विन्दा परियारले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन । यस्तै जिसस उपसंयोजक सम्झना अधिकारीले जिससको प्रगति तथा आगामी योजना प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा आर्थिक वर्ष २०७५÷०७६ का सम्पादित कामका बारेमा विभिन्न स्थानीय तह, सरकारी कार्यालयहरु र गैससहरुले जानकारी गराएका थिए । कार्यक्रम विहिबारसम्म चल्ने छ । आवश्यक सबै खाले सरकाक्षेत्रलाई उद्योगिकरण गर्नु आवश्यक रहेको । बेराजेगार युवालाई कृषिमा रोजगार बनाउन योजना बनाउन आवश्यक छ ।




















