
दुधौली नगरपालिका वडा नं. १० मंगलपुरका सुकदेव धामीले बुधबार विहान सर्पलाई टोकेर मारेका हुन ।
विहानै मदिरा सेवन गरेका उनले मदिराको सुरमा सर्पलाई टोकेको स्थानीयबासीले बताएका छन । सर्पलाई टोकेका उनलाई पनि सर्पले टोकेको छ ।
सर्पको टोकाईबाट घाइते भएका उनलाई दुधौली स्वास्थ्य चौकीमा उपचार गराईएको छ । उनको उपचार भईरहेको र अवस्था सामान्य रहेका धामी घर फर्किसकेको स्वास्थ्य चौकीका प्रमुख विन्देश्वर शाहले बताए ।





















