सिन्धुली/महिला नमुना उद्यमशिलता विकास परियोजना अन्तर्गत कनपा ५ का महिलाहरुलाई व्यवसायीक सचेतता तथा सुरु तालिम विहिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । केराखेतिका लागि ४० जना नमुना महिला उद्यमी तयार गर्नका लागि उक्त तालिम दिईएको थियो ।

कार्यक्रममा बोल्दै देवकोटाले बजारीकरण र बजेटमा चिन्ता नगरि व्यवसाय सञ्चालन गर्न सहभागिहरुलाई आग्रह गरिन । आत्मनिर्भर बन्नका लागि दिर्घकालिन सोंच बनाएर उद्यममा जोडिन महिलालाई उनले आग्रह गरिन । कमलामाई नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र बैदारले बजारीकरणमा समस्या हुन नदिने तर महिलाहरुले व्यवसाय गर्नुपर्ने बताए । यस्तै कन्दमुल तथा तरकारी विकास केन्द्र सिन्धुलीका प्रमुख सञ्जय धिमालले कृषिमा आधारित उद्यमका लागि प्रशोधनको पनि आवश्यकता रहेको बताए ।




















