सिन्धुली/सिन्धुलीमा आज टिफर दुर्घटनाह हुँदा दुई जना घाईते भएका छन् । बर्दिबासबाट सिन्धुलीको कपिलाकोट तर्फ इटा लिएर जाँदै गरेका टिफर दुर्घटना हुँदा दुई जना घाईते भएका हुन् ।
दुर्घटनामा टिफर चालक महोत्तरीको बर्दीबास नगरपालिका ८ निबासि ४३ बर्षिय फेकन यादव र सोही ठोगाना भएका ३१ बर्षिय सहचालक पृथ्बी मगर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
ईटा लिएर जाँदै गरेको ना.१ क. ६४१७ नं. को टिफर कमलामाई नगरपालीका १ अथुवाखोला स्थित धरान चतरा सडक खण्डमा दुर्घटना भएको थियो । टिफर सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ । उक्त टिफर कपिलाकोटको एक विद्यालयमा ईटा लिएर जाँदै गरेको प्रहरीले जनाएको छ ।




















