• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, August 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

लघु उद्यमबाट सफलता : टिकादेखि सहकारीको नेतृत्वसम्म

बिमला पाण्डे by बिमला पाण्डे
साउन २७, २०७६
in Business, Featured
0

Share via:

353 Shares
  • Facebook 353
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बिमला थापा लघु उद्यम क्षेत्रमा सिन्धुलीमा चिनिएको नाम हो । १२ वर्ष अघि मेडेपले गृहिणी महिलालाई टिका बनाउने तालिम दिन थालेको थाहा पाएकी कनपा ५ मधुटारकी बिमला थापा उक्त तालिममा सहभागि भईन । श्रीमान विदेशमा भएका बेला छोराछोरीलाई सासुको जिम्मा लगाएर दिउँसोको समयमा व्यवयाय क्षमता विकास तालिम लिएकी थापालाई तालिमले आँटिलो बनायो । उनले लघु उद्यममा कम लगानी र धेरै आम्दानीको सम्भावना देखिन ।
श्रीमानले पठाएको पैसाले घर चलाउन धौ धौ भएको बेला उनले पाएको तालिमको सदुपयोग गरि आयमा जोडिने निधो गरिन र श्रीमान विदेशमै भएका बेलामै व्यवसाय सुरु गरिन । टिका बनाउने सिप पाएकी उनले त्यतिबेला ४ हजार लगानी गरेर व्यवसाय थालेकी हुन । उनलाई त्यो व्यवसाय सञ्चालन गर्न श्रीमान सासु लगाएतका परिवारका सदस्यले सहयोग नै गरेनन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यहि व्यवसाय सञ्चालन गरेका कारण परिवारमा ठूलै द्वन्द्व नै भयो तर उनले व्यवसाय गर्न छोडिनन । उनी भन्छिन, ‘समाज र परिवारमा टिकाटिप्पणी धेरै भयो, त्यसलाई वास्ता नगरी बाहिर निस्कें ।’ ‘घरमा बसेर व्यवसाय फस्टाउन गाह्रो थ्यो, उनले थपिन, बजारका लागि सम्बन्ध स्थापित गर्न बाहिर निस्कें ।’ ‘घरमा तनाव हुदा पनि सत्य सत्य नै हुन्छ’ भनेर आँट गरेको हुदाँ अहिले यो स्थानमा छु, उनले भनिन ।
व्यवसायमा लागेपछि राम्रै आम्दानी हुन थाल्यो । त्यतिबेलै उनले जिल्लाका लघु उद्यमीहरुको संस्था जिल्ला लघु उद्यमी समूह संघ सिन्धुलीको नेतृत्व लिईसकेकी थिइन । २ कार्यकाल अर्थात ४ वर्ष उनले त्यो संस्थाको अध्यक्ष भएर उद्यमीहरुको हितमा काम गरिन । उनले टिका छोडेर २०६४ मा नै सौगात गृह तथा सातु उद्योग स्थापना गरिन । जसको उद्देश्य उद्यमीका उत्पादनलाई बजारसँग जोड्नुका साथै आफ्नो उद्योग सञ्चालन गर्नु थियो । अहिले पनि उनको व्यवसाय कनपा ६ को धुराबजारमा चलिरहेको छ ।
उनको उद्योग अहिले ‘अर्गानिक’ उद्योगका रुपमा स्थापित छ । त्यहाँ सिजन र चाडबाड अनुसारका खाद्यान्नका तयारी सामान बन्छन । मेला महोत्सवहरुमा थापाले आफै नेतृत्व गरि व्यवसाय सञ्चालन गर्छिन । धेरै मेला महोत्सवमा सम्मानित हुन्छिन । हरेक शनिबार सिन्धुलीमाढीमा लाग्ने हाटबजारमा अर्गानिक खाद्य सामग्री तयारीका रुपमा विक्री वितरण पनि गर्छिन । त्यहाँ उनका श्रीमान पनि उनको मेहनतले सफल हुदै गएको व्यवसायमा सहयोग गर्छन । ५ जनाको परिवार पाल्ने, छोराछोरी पढाउने सबै खर्च त्यहि उद्योगबाट जोहो हुन्छ । उनको उद्योगमा सामान्य परिवारका ३ जना महिलाले पनि रोजगार पाएका छन ।
फापरको पिठो, विभिन्न प्रकारका सातु, मकैको पिठो च्याख्ला, सर्वोत्तम पिठो, अचारका लागि तयारी गरिएको आलस, तिलको छोप, बेसारको धुलो, बाह्र मसला, लोकल जातका दालहरु, अचार लगाएतका अन्य स्थानीय उत्पादनलाई तयारी बनाएर बेच्छिन उनी । यस्तै खुवाको ललिपप उनको पछिल्लो समय चर्चामा छ । उनले सिजनल चाडपर्व विशेष खानेकुराको व्यापार पनि गर्छिन । बजारका लागि स्थानीय बजार नै काफी छ । काठमान्डौमा पनि उनको सामानको माग र बजार छ । ‘सामान पु¥याउनै धौ धौ छ’ उनले भनिन, ‘माग पुरा गर्नका लागि सधै लागि पर्छु, कहिल्लै व्यवसाय चलेन भन्ने चिन्ता छैन ।’
उनको व्यवसायले ४० लाख बार्षिक कारोबार गर्छ । सरदर ५०, ६० हजार मासिक आम्दानी हुन्छ उनको । उनी भन्छिन, ‘समयमै परिवारको सहयोग पाएको भए धेरैलाई रोजगारी दिन सक्थें, ३, ४ वर्षदेखि मात्र व्यवसायमा राम्रो प्रगति भएको छ ।’ ‘परिवारको सहयोग व्यवसायमा महत्वपूर्ण हुदोरहेछ’, उनको निश्कर्ष छ ।
सहकारीमार्फत लघु उद्यमीको नेतृत्व
थापाले २०७२ मा लघु उद्यमीहरुलाई सौगात लघु उद्यम सहकारीमा आवद्ध गरिन । उनको नेतृत्वमा चलेको उक्त सहकारीको पूँजी १ करोड माथि छ । उनी अहिले पनि सहकारीको अध्यक्ष छिन । ८५ जना सदस्य सहकारीमा आवद्ध छन । लघु उद्यमबाट केहि हुदैन भन्ने सहकारीका सदस्यहरुलाई पनि व्यवसाय केहि हो भन्ने आभास दिलाउन सफल भएको उनले बताईन । ५ जना महिलाले सहकारीमा रोजगारी पाएका छन । ५५ जनाले कृषि, तरकारी, सेवामूलक र उत्पादनमूलक लघु उद्यममा आवद्ध छन ।
सहकारीका सदस्यले उत्पादनले बजार पाएन भने बजारीकरण सहकारीले नै गरिदिन्छ । उनको सहकारी लघु तथा घरेलु उद्यममा उत्कृष्ट छ । सरकारी अनुदान पनि बेला बेला पाईरहन्छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

युवा दिवसमा पत्रकारदेखि कलाकारसम्म सम्मानित

Next Post

सूचना आयोगलाई स्थानीयस्तरसम्म पु¥याउनुपर्छ : प्रमुख सूचना आयुक्त बास्कोटा

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied