सिन्धुली । अन्तराष्ट्रिय युवा दिवस २०१९ का अवसरमा सिन्धुलीमा विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरिएको छ । जिल्ला युवा सञ्जाल सिन्धुलीले एक औपचारिक कार्यक्रममा पत्रकारदेखि कलाकारसम्मलाई सम्मान गरेको हो ।
सोमबार सिन्धुलीमाढीमा आयोजिक कार्यक्रममा पत्रकार सुजता लामा, महिला अधिकारकर्मी पार्वती भट्टराई, युवा व्यवसायी सिताराम पहाडी, कलाकार सोनाम बज्यू, साहित्यको क्षेत्रबाट बरुण लामिछाने, खेलकुद क्षेत्रबाट देवराज खड्कालाई सम्मान गरिएको हो ।

‘शिक्षामा रुपान्तरण : उद्यमशीलता र नवप्रवर्तन’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय युवा दिवस २०१९ मनाईएको हो । सञ्जालका अध्यक्ष रामकाजी घलानको अध्यक्षता तथा प्रदेश नं. ३ का सांसद राजन दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै दाहालले युवाहरु सृजनशिल हुनुपर्नेमा जोड दिए । उनले युवाहरु सिप सहितको ज्ञान आर्जन गर्ने तर्फ लाग्नुपर्नेमा जोड दिए । उनले युवाहरु योग्य, इमान्दार र उत्तरदायि भए मात्र देशको विकास हुने बताए ।





















