• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, October 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

उर्मिला दियाली by उर्मिला दियाली
साउन १५, २०८३
in Featured, Education, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तीन वर्षदेखि सञ्चालनमा रहेको ’न्यु–स्टेप’ परियोजनाले नेपाली उच्च शिक्षालाई उद्यमशीलता, दिगोपन र व्यवहारमुखी शिक्षासँग जोड्न महत्वपूर्ण योगदान पु¥याएको निष्कर्ष निकालेको छ । तीन वर्षे कार्यक्रमको विहिबार समापन गर्ने क्रममा यस्तो निश्कर्ष निकालिएको हो । समापन कार्यक्रममा बोल्ने वक्ताहरूले परियोजनाबाट सुरु भएको शैक्षिक सुधारको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले परियोजनाको सफलता भौतिक संरचनाले नभई कक्षाकोठामा आएको परिवर्तनबाट मापन गर्नुपर्ने बताए । उनले एउटा परियोजना सफल भयो की भएन भन्ने कुराको साँचो मापदण्ड कक्षाकोठामा आएको सुधार भएको बताउँदै त्यो परिवर्तन प्रत्यक्ष देख्न पाएको बताए । पोखरेलले भने, ‘त्यसबाट विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।’ उनले परियोजनाको औपचारिक अवधि समाप्त भए पनि यसबाट विकास भएका ज्ञान, सीप, प्रविधि र शैक्षिक संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । परियोजनाले पारेका सकरात्मक प्रभाव सकिन नदिई संस्थागत गर्न पनि उनले आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष कृष्ण दाहालले तीन वर्षको अवधिमा परियोजनाले नेपाली विश्वविद्यालय र कलेजहरूलाई युरोपेली युनियनका विश्वविद्यालयसँग सहकार्य गर्ने अवसर सिर्जना गरेको बताए । उनका अनुसार सिन्धुली बहुमुखी क्याम्पस सहित सिन्धुलीका विभिन्न क्याम्पस, पद्मकन्या क्याम्पस, सिद्धार्थ वनस्थली लगायत शैक्षिक संस्थाहरू परियोजनाका साझेदार रहेका छन् । परियोजनाबाट प्राप्त उपलब्धिलाई दिगो बनाउन आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको उनले बताएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

समापन कार्यक्रममा आयोजित प्यानल छलफल समेत गरिएको छ । तेज विक्रम थापाले नेपालको वर्तमान पाठ्यक्रम अझै बजारको आवश्यकता अनुसार पर्याप्त रूपमा रूपान्तरण हुन नसकेको उक्त छलफलका क्रममा उल्लेख गरेका छन् । उनले सैद्धान्तिक शिक्षामा बढी जोड र व्यावहारिक सिकाइको कमीका कारण विद्यार्थी श्रम बजारसँग प्रभावकारी रूपमा जोडिन नसकेको उल्लेख गरे । न्यु स्टेप परियोजना मार्फत उद्यमशीलता र दिगोपन सम्बन्धी पाठ्यक्रम विकास गरी २० भन्दा बढी उद्योगसँग सहकार्य गरिएको र यसले विद्यार्थीलाई ‘जब सिकर’ भन्दा ‘जब क्रियटर’ बन्न प्रेरित गरेको उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका पूर्व कार्यकारी निर्देशक विनोद जोशीले बढ्दो युवा पलायन रोक्न उद्योग र विश्वविद्यालयबीचको सम्बन्ध मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । उद्योगले खोजेको सीपयुक्त जनशक्ति उत्पादन गर्न पाठ्यक्रम परिमार्जन, व्यवहारमुखी शिक्षा र उद्यमशीलतालाई प्राथमिकतामा राखेर विश्वविद्यालयले काम गरिरहेको उनले बताए ।

स्थानीय महिला उद्यमी भगवती वि.क.ले व्यवसाय सञ्चालनमा कक्षाकोठाको सिकाइसँगै व्यवहारिक अनुभव उत्तिकै महत्वपूर्ण हुने बताइन् । उनले डिजिटल साक्षरताले व्यवसाय विस्तारमा नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत उत्पादनको प्रचार, अर्डर व्यवस्थापन र घरमै सेवा पु¥याउन सहज भएको अनुभव सुनाइन् ।

कार्यक्रममा डा. हरिप्रसाद पोखरेल, फिनल्यान्डको टुर्कु युनिभर्सिटी अफ एप्लाइड साइन्सेजका प्रतिनिधि इमानुएल, स्पेनको युनिभर्सिटी पोलिटेक्निक अफ भ्यालेन्सियाका जोसे लुइस लगायत स्वदेश तथा विदेशका विज्ञहरूको अनलाइन तथा प्रत्यक्ष सहभागिता रहेको थियो । प्यानल छलफलको सहजीकरण प्रशान्त ढकालले गरेका थिए ।

समापन कार्यक्रममा सहभागीहरूले परियोजनाबाट सुरु भएको शैक्षिक रूपान्तरणलाई संस्थागत गर्दै नेपाली उच्च शिक्षालाई अन्तर्राष्ट्रिय अभ्यास, उद्यमशीलता र दिगोपनसँग अझ प्रभावकारी रूपमा जोड्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

Next Post

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied