सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालीका ४ रानीखोलाले वगाई वेपत्ता भएको युवाको आज शव फेला परेको छ । गोलन्जोर ४ किराते निवासि १७ बर्षिय खुमराज बजगाईको शव आज फेला परेको हो ।
साउन ७ गते सदरमुकाम सिन्धुली बाट घर जाने क्रममा रानीखोला तर्न खोज्दा बजगाईलाई बाढीले वेपत्ता बनाएकोमा आज मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
वगाएको खवर पाउना साथ खोजीकार्य गरि रहेको प्रहरी, स्थानीयको टोलीले गोलान्जोर ४ बिमिरे खोलाको दोभानमा फेला पारिएको उनको भनाई रहेको छ । । सिन्धुलीमा अझै तीन जना वेपत्ता रहेका छन् ।
दुधौली नगरपालीकामा पर्ने कमला नदीले बगाएका दुई जना र दुधौली नगरपालीका कै जिनाखुमा घर सहित बगाएका एक जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीमा बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।




















