सिन्धुली । वाढी र पहिरोका कारण सवैभन्दा धेरै मानविय तथा भौतिक क्षती भएको दुधौली नगरपालिका क्षेत्र र कमला नदी, तावाखोला क्षेत्रको शनिवार तीनै तहका सरकारका निर्वाचित जनप्रतिनिधी तथा सरकारी निकायका प्रमुखहरु तथा अन्य सरोकारवालाले संयुक्त रुपमा निरिक्षण गरेका छन ।
असारको अन्तिम सातामा परेको अविरल वर्षाका कारण आएको वाढीले दुधौली नगरपालिकाका विभिन्न वडाहरुमा क्षती पु¥याएको थियो ।संघिय प्रतिनिधिसभा सदस्य गणेशकुमार पहाडी, प्रदेश नं. ३ का प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन) दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रवहादुर सिंह सहित इन्जिनीयर, पत्रकार लगायतको टोलीले निरिक्षण गरेको हो ।
वाढीको क्षति र यसका कारण भविष्यमा हुन सक्ने सम्भावित क्षती रोक्नका तयारी गर्नका लागि निरिक्षण गरिएको जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
दुधौली नगरपालिकामा वाढी र पहिरोका कारण ४ जनाले ज्यान गुमाएका छन भने ३ जना वेपत्ता छन ।
प्रतिनिधिसभाका सदस्य गणेश कुमार पहाडीले वाढीले कटान गरेको क्षेत्रको निरिक्षणपछि कटान रोक्न तारजालीको व्यवस्था गरि काम अगाडि बढाईने बताए । यस्तै वाढीका कारण क्षति पुगेका कुलो, खानेपानी सडक लगायतका संरचना तत्काल संचालनमा ल्याइने वताए । उनले प्रकृतीको अप्राकृतिक दोहन, नदीको वहाव क्षेत्रको अतिक्रमणका कारण धेरै क्षेति भएको बताए । उनले कमला नदीको नियन्त्रण प्रमुख प्राथमिकतामा राखिने बताए ।
प्रदेश सभा सदस्य लेखनाथ दाहाल (राजन) ले तत्काले गर्नु पर्ने र दिर्घकालिन अवस्थामा गर्नुपर्ने कामहरुको सुचि वनाई काम अगाडि बढाउने वताए । उनले तत्कालै राहतको महसुस हुने गरी पुनस्र्थापना तथा राहतको कार्यक्रम अगाडि वढाईने बताए ।
दिर्घकालिन रुपमा नदी तटिय व्यवस्थापनका लागि हामी तिनवटै तहको सरकारले स्रोत जुटाएर काम अगाडी वढाईने वताए । दुधौली नगरपालिकामा भएको क्षतिको विवरण वारेमा नगर प्रमख घनश्याम राउतले जानकारी गराएका थिए ।





















