• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बर्षा, बाढी र पहिरोको उच्च जोखिम : पहिरोले एक जनाको ज्यान गयो, सतर्कता अपनाउन प्रशासनको आग्रह

बिमला पाण्डे by बिमला पाण्डे
असार २७, २०७६
in Featured, Society
0

Share via:

31 Shares
  • Facebook 31
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । मंगलबार साँझबाट लगातारको वर्षाका कारण आएको पहिरोले गोठ बगाउँदा फिक्कल गाउँपालिका १ महादेवडाँडामा एक महिलाको ज्यान गएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ । पहिरोले गोठ बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्टि गरेको छ गोठमा रहेका गाईवस्तुलाई घाँस हाल्न गएकी सुनुवारलाई पहिरोले पुरेको प्रहरी इन्स्पेक्टर प्रकाश पौडेलले बताए । घटनास्थमा प्रहरी र गाउँपालिकाको टोली पुगेको उनले बताए ।

चट्याङबाट एक घाइते
सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. २ बितिजोरमा अविरल वर्षासँगै परेको चट्याङले एक महिला घाइते भएकी छिन । घाइते हुनेमा ४० बर्षिय निर्मला कार्की घाइते भएको स्थानीय सुदिप कार्कीले बताए । घाइतेको स्वास्थ्य चौकी ग्वालटारमा उपचार भईरहेको छ ।
बाग्मतिले चार घर बगायो, बस्ती जोखिममा
लगातार परेको पानीका कारण बागमती र मरिण नदीमा आएको बाढीले हरिहरपुरगढी ३ को वसपार्कमा चार घर बगाएको छ भने ६० भन्दा बढी घर डुवानमा परेका छन । हरिहपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले दिएको जानकारी अनुसार बागमती नदीले बसपार्कमा रहेका रामशरण राई, खड्ग वाइवा, पूर्णबहादुर घलान र ज्ञानबहादुर घलानको घर बगाएको हो ।
उक्त स्थानका ८ घर उच्च जोखिममा परेका छन् । उद्धार गर्न जान सक्ने अवस्था नरहेको उनले बताए उनीहरु घर छाडेर सुरक्षित स्थानमा सरे पनि गाईवस्तु, अन्नपात, लत्ताकपडा सबै घरसँगै डुबाएको छ । शुक्रबार बिहानबाट नदीले बहाव परिवर्तन गरी बस्तीमा पसेको उनले जानकारी दिए ।
मदन भण्डारी लोकमार्ग निर्माणका लागि कालिका कन्स्ट्रक्सनले जम्मा पारेको ढुंगा, गिट्टी र बालुवाको थुप्रोका कारण नदिले धार परिवर्तन गर्दा गाउँ डुवानमा परेको उनले जनाए । २०५० साल पछि पहिलोपटक यो क्षेत्रमा बाढीले गाउँ डुवानमा परेको हो ।
यस्तै मरिण नदीमा आएको बाढीले मरिण गाउँपालिका ७ को बाह्रविसे डुवानमा परेको छ । त्यहाँका एक दर्जन बढी घर जोखिममा परेका छन् । पाँच घर डुबानमा परेको स्थानीयले जानकारी दिएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए । मरिण नदीले सयौं रोपनी धान खेत डुबानमा पारेको उनले बताए । यस्तै मरिण गाउँपालिका ६ को भट्टीडाँडा र सारुभन्ञ्याङको बस्ती पहिरोको जोखिममा परेको बम्जनले बताए ।
विभिन्न सडक अवरुद्ध, खुलाउने प्रयास जारी
चारदिनदेखि लगातार परेको पानीका कारण सिन्धुलीका विपी राजमार्ग, मध्यपहाडी राजमार्ग र मदनभण्डारी राजमार्ग सहित दर्जनौं सडकहरु अवरुद्ध भएका छन । राजमार्गहरुमा पहिरोका कारण सवारी साधान आवागमन अवरुद्ध भएको छ । वीपी राजमार्गको नेपालथोक सिन्धुली खण्ड र सिन्धुली खुर्कोट सडक खण्ड, मध्य पहाडी लोकमार्गको खुर्कोट घुर्मी खण्डको ठाउँठाउमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै सुनकोसी गाउँपालिका १ को कमारे, गोलञ्जोर गाउँपालिकाको खनियाँखर्क नजिकै सडकमा खसेको पहिरोले पनि आवतजावत छेकेपछि अवरुद्ध भएको सडक साँझबाट एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर प्रकाश पौडेलले बताए । अन्य सडकहरु खुलाउने प्रयास गरिएको उनले जानकारी दिए ।
मध्यपहाडी लोकमार्गको गोलन्जोर गाउँपालिकाभित्र पर्ने कुहीभिर, सुगुरे, बलेनी, हैबार लगायतका ठाउँमा पहिरो खसेको छ भने फिक्कल गाउँपालिकाको बाँदरे, खाङसाङ खोलामा पहिरा सहित आएको बाढीले सडक अवरुद्ध गरेको छ । यस्तै जिल्लाभित्र सञ्चालन भएका सडकहरुमा खहरे र पहिरोका कारण यातायात सञ्चालन हुन सकेका छैनन ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बाढी पहिरोको उच्च जोखिमलाई मध्येनजर गरि सुरक्षित रहन र तत्काल सूचना दिन आग्रह गर्दै सूचना समेत जारी गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पत्रकार आक्रमणको घटना : महासंघद्वारा पाँच सदस्यीय छानविन समिति गठन

Next Post

बाढी पहिरो अपडेट : थप एकको मृत्यु, ६ जना वेपत्ता

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied