सिन्धुली । जिल्लाका दुई गाउँपालिकाले बुधबार बजेट प्रस्तुत गरेका छन । तीन पाटन गाउँपालिका र गोलञ्जोर गाउँपालिकाले बजेट प्रस्तुत गरेका हुन । आर्थिक बर्ष २०७६÷०७७ का लागी दुई गाउँपालिकाले बजेट प्रस्तुत गरेका हुन । तीन पाटन गाउँपालिकाले ५४ करोड ५३ लाख ७७ हजार रुपैंयाको अनुमानित आय व्यय प्रस्तुत गरेको छ भने गोलञ्जोर गाउँपालिकाले ३६ करोड ११ लाख १८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले भौतिक पुर्वाधार तर्फ गाउँपालिकाको कार्यलय भवन निर्माणका लागी र बिधुतिकरण लागी समान २ करोड बिनियोजन गरेको छ । यस्तै चदाँहा नदि नियन्त्रणका लागी ५० लाख सविनियोजन गरेको छ ।गोलञ्जोर गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकी करणमा राखेको छ । यस गाउँपालिकाले शिक्षामा २ करोड ५३ लाख ६८ हजार रुपैया विनियोजन गरेको छ । यसैगरी गाउँपालिकाले आगामी आर्थीक वर्षका लागी आन्तरिक श्रोत ५५ लाख रुपैया हुने अनुमान गरेको छ । गाउँपालिकाले पशु सेवा तर्फ ४१ लाख, कृषितर्फ २१ लाख ४०हजार रुपैया विनियोजन गरेको छ ।
गाउँपालिका अध्यक्ष कार्कीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा (तिवारी) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपामा जिल्ला नेता ज्वालाप्रसाद न्यौपाने, नेकपाका नेता टिका बहादुर देवकोटा, नेकपाका गाउँकमिटि अध्यक्ष केपि पोखरेल, नेपाली काग्रेसका गाउँ कमिटि सभापति मोतिराम सापकोटा, जुनार सुपरजोन कार्यक्रमका प्रमुख देवराज अधिकारी लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णहरी न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।
मन्तव्य राख्ने वत्ताहरुले बजेट राम्रो भएपनि स्थानीय सँग परामर्श गरेर ल्याएको भए अझै राम्रो र स्थानीयको आवश्यत्ता प्राथमित्तामा पर्ने भन्दै बजेट ल्याउदाँ कम्तिमा पनि सरोकारवाला निकायका व्यक्तिहरु सँग सल्लाह र समन्वय गरी ल्याउन गाउँपालिकालाई सुझाव दिए ।
तीन पाटन गाउँपालिको बजेट प्रस्तुती करणमा गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापा मगरको अध्यक्षता रहेको थियो भने । कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत राजन थापाले गरेका थिए । दुवै गाउँपालिकाको पाचौँ गाउँ सभा हो ।




















