सिन्धुली/जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विहिबार घरेलु मदिरा नष्ट गरेको छ । सिन्धुलीका विभिन्न स्थानबाट बरामद गरेको २ सय लिटर मदिरा नष्ट गरेको हो ।
त्यस्तै घरेलु मदिरा सहित २० किलो मदिरा बनाउने कच्चा पदार्थ अर्थात (गहुँको जाँड) पनि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर प्रकाश पौडेलले बताए ।
जिल्ला प्रहरी कार्यालयको परिसरमा मदिरा नष्ट गरिएको हो । घरेलु मदिरा खुला रुपमा विक्री हुने र मानवीय स्वास्थ्य तथा नागरिक सुरक्षामा समेत खलल पुग्ने भन्दै प्रहरीले मदिरा नियन्त्रणमा लिएको थियो । नागरिककै सुराकीका आधारमा मदिरा छापा मारी प्रहरीले नियन्त्रणमा लिएको थियो ।





















