सिन्धुली । सुनकोशी गाउँपालिका वडा नं. ५ हाईडाँडामा गोठमा कुँडो पकाउने बेलामा आगलागी हुँदा एक घर र एक गोठ जलेको छ । शुक्रबार दिउँसो स्थानीय अर्जुन थापाको गोठबाट उठेको आगोले उनको घर घरमा भएका सरसामानहरु सबै जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
आगलागीबाट घरमा रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए । उनका अनुसार गोठमा बाँधि राखेको १ वटा भैसी समेत जलेर मरेको उनले बताए । उनका अनुसार आगलागीबाट ३ लाख बराबरको क्षति भएको प्रहरीको आँकलन रहेको छ । आगो स्थानीय तथा रातमाटा प्रहरी चौकीका प्रहरीले निभाएका छन ।




















