सिन्धुली/सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट नुनथलाको आयोजनामा ३९० घण्टे पोल्ट्री फार्म वर्कर तथा प्लम्बर तालिम नुनथलामा शुक्रबारदेखि सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद प्रदेश नं. ३ हेटौडाको सहयोग तथा कमलामाई नगरपालिकाको समन्वयमा उक्त तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले गरेका छन । कार्यक्रमको उद्घाटनमा बोल्दै खत्रीले विदेश जाने परिपार्टीलाई अन्त्य गर्न दक्ष जनशक्ति उत्पादन गरि स्वदेशमै रोजगार सृजना गर्नुपर्ने आवश्यकता रहेको बताए । जसका लागि तालिम गोष्ठी तथा प्राविधिक ज्ञानको आवश्यकता रहेको बताए । उनले कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाले वेरोजगारीको पहिचान गरिने जानकारी समेत दिए ।
कार्यक्रममा बोल्दै इन्स्टिच्युटका प्रिन्सिपल अमरदिप देवकोटाले कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा गरि ३ वटा तालिम सञ्चालन गर्ने बताए । उनले महिला दलित जनजाती र गरिबलाई प्राथमिकता दिई तालिममा सहभागिको छनौट गरेको जनाए । उनले ३९० घण्टामा तालिमले गरिखाने अर्थात स्वरोजगार सृजन ागर्ने खालको जनशक्ति तयार हुने विश्वास व्यक्त गरे । यस्ता तालिमले गरिवी निवारणमा समेत टेवा पुग्ने देवकोटाको दावी थियो ।





















