• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा पर्यटनका लागि अनुकुल वातावरण बन्दैछ

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २९, २०७५
in Featured, Interview
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
राजन दाहाल
सांसद ३ नं. प्रदेश
तथा नेकपा केन्द्रीय सदस्य

प्रश्न : वर्तमान राजनीतिक अवस्थालाई कसरी हेर्नु भएको छ ?
उत्तर : वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दा दुई वटा प्रश्न आउँछन । १. नेकपाको पार्टी निर्माणसँग सम्बन्धित प्रश्न र २. सरकारसँग सम्बन्धित प्रश्न । नेकपाको पार्टी संगठन निर्माणको प्रश्नले वर्तमान अवस्थामा राजनीति मार्ग निर्देशन कस्तो छ भन्ने देखाउँछ ? दुई तिहाईको सरकारलाई पार्टीले गाईडलाईन गर्छ । यसकारण पार्टी निर्माण महत्वपूर्ण पाटो हो । दुई पार्टीको एकीकरणपछि हामी पार्टी निर्माणमा सुरुवात मै छौं । जनताको इच्छा र आवश्यकता पुरा गर्न हाम्रो विचार अनुसारको संगठन र कार्यदिशा अनुसारको कार्यशैली तय गर्नुपर्छ । समाजवादसम्म पुग्न समाजवादी आचरण पुरा गर्नुपर्ने छ । हिजोको भूमिकाले नयाँ आदर्श प्राप्त गर्न सक्दैनौं । नयाँ आदर्श अनुसारको आचरण निर्माण गर्न नयाँ पार्टीले नयाँ कार्यदिशा अनुसारको संगठन र संगठनात्मक व्यवस्थापन गर्न जरुरी छ । कार्यकर्ताको उचित व्यवस्थापन गर्नुपर्छ । अनि मात्र पार्टी राजनीतिलाई गति दिन सकिन्छ । अर्को कुरा योग्य र इमान्दार कार्यकर्तालाई नीति निर्माण तहमा ल्याउनुपर्ने आवश्यकता छ । यसका लागि कार्यकर्ताको एकीकरण जरुरी भइसकेको छ । अर्को रह्यो सरकारको प्रश्न । सरकारको एक वर्षको अवधि आधार वर्ष हो । यसले विकासको आधार तयार गरेको छ । अवको अवधि सरकारको निर्माण वर्ष हुन्छ । यसभित्र औधोगिक पूजीको विकास, रोजगारीको सृजना, उत्पादन बढाउने निर्यात घटाउने जस्ता कामहरु अगाडि बढ्छन । विकास जनता सहभागि नभई असम्भव छ, समृद्धि असम्भव छ । अतः सरकारले लगानी मैत्री, उद्योगमैत्री वातावरण तय गर्छ । सुरक्षाको प्रत्याभूति दिलाउँछ । समय, सिप, सृजना र साधनस्रोतको भरपुर उपयोग गरि जनताले आफ्नो उद्योगधन्दा, कलकारखाना खोल्ने मुख्य कुरा हो । समग्र कामको गतिविधि तयारी भएको छ, ऐन नियम कानुन कार्यविधि बनेका छन । उर्जा, पर्यटन र कृषिमा महत्वपूर्ण काम अगाडि बढेका छन । अब परिणाम आउन थाल्छ । अर्को बजेट आउँदासम्म हामीले परिणाम देखाउन सक्ने वातावरण बनेको छ ।
प्रश्न : सरकारका विकासका अभियानहरु कसरी अगाडि बढेका छन ?
उत्तर : विकासमा तीनै तहका सरकार व्यवस्थित तरिकाले इमान्दार पर्यत्न गरेको देखिन्छ । समग्रमा पार्टीको घोषणापत्रलाई सरकारसँग जोड्न खोजेका छौं । सरकारका सवै राम्रा काम जनतासँग जोड्ने पर्यत्न भईरहेको छ । सरकारका कमजोरी रहेमा जनताको सुझावको आधारमा सच्चाउदै अगाढि बढ्ने छौं ।
प्रश्न : सरकारको विकासमा गतिशिलता भएन भन्ने आरोप जताततै छ नि ?
उत्तर : सरकारको गतिशिलता र कामका बारेमा बाहिर जसरी कुराहरु आएका छन त्यस्तो अवस्था हैन । वर्षौंदेखि विगे्रको मुलुक बनाउन केहि तयारी गर्नैपर्छ । सरकारले त्यो तयारी गरेको हो । अब परिणाम देखिने प्रक्रियामा छ । नकारात्मक सोंच र चिन्तन हाम्रो समाजमा हावी छ । सरकारप्रतिको नकारात्मक धारणालाई बदल्न पनि गाह्रो छ । नियतवस मिडियाका विग हाउसले सरकारविरुद्ध भ्रम पनि छरेका छन । सरकारले धेरै काम गर्छ की भन्ने चिन्ता छ उनीहरुलाई । राम्रो काम गरेकोमा उनीहरु चिन्तित छन । नराम्रो काम गरेको चिन्ता हैन उनीहरुलाई । सरकारले व्यवस्थित ढंगले नीति योजना र कार्यक्रम बनाएको छ । कार्यन्वयनमा केहि जटिलता छ । संरचना निर्माण, ऐन कानुन निर्माणमा सरकारले धेरै काम गरेको छ । सरकारले गर्न थालेका केहि काममा आएका समस्या विस्तारै हल हुदैछन । कर्मचारी व्यवस्थापनको केहि समस्या थियो । त्यो पनि समाधान हुने क्रममा छ । जनतामा गुनासो छैन तर पार्टीकै कार्यकर्तामा गुनासो छ । विरोधीमा इश्र्या छ । नेकपाले पार्टीका नेता कार्यकर्तालाई संगठनात्मक रुपमा सम्बोधन गरेमा सबै सन्तुलन हुने देखिन्छ ।
प्रश्न : सरकारले गरेका उल्लेख्य काम के हुन त ?
उत्तर : सरकारले एक वर्षभित्र धेरै काम गरेको छ । भारतसँग विद्युत सम्झौता गरेको छ । चिनसँग पारवहन सम्झौता गरेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ । सामाजिक सुरक्षा कार्यक्रम मजदुरहरुको लागि ठूलो उपलब्धि हो । सरकार सञ्चालनका लागि आवश्यक धेरै कानुनहरु बनेका छन् । संघियताका संरचना निर्माण गरिएको छ । यो नै एकवर्षको उपलब्धि र विकासको आधार हो ।
प्रश्न : पार्टी एकीकरण प्रक्रिया किन टुंगिएन ? खास समस्या के हो ?
उत्तर : तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र दुवैमा लामो समयदेखि स्वार्थ समूहहरु हावी छन । विचारमा समस्या छैन । समाजवादको बाटो तय भएको छ । संगठनमा पूर्व एमाले र पूर्व माओवादीमा रहेका स्वार्थ समूहहरु भत्काउन नसकेका कारण समस्या भएको हो । पार्टी एकता नटुंगिनुको कारण स्वार्थ समूह नै हो । पुरानो जगमा उभिएर नयाँ पार्टी सञ्चालन गर्न सकिन्न । योग्य र इमान्दार कार्यकर्तालाई पार्टीको भूमिकामा ल्याउनुपर्छ भन्नेमा छलफल भएको छ । केहि दिन भित्रै पार्टी एकीकरण सम्बन्धि सबै काम सकिन्छ ।
प्रश्न : पार्टी एकीकरण तथा नयाँ कमिटी निर्माण गर्दा समावेशितालाई सम्बोधन गर्न नसकेको चर्चा छ नि ?
उत्तर : यो कुरा सत्य हो । अहिले पार्टीको अवस्था भनेको संक्रमकालिन अवस्था हो । दुईवटा पार्टीमा जोडकोण नमिलेका कारण त्यस्तो अवस्था सृजना भएको हो । अर्को कुरा महिला दलित जनजाती लगाएतमा राजनीतिक जागरणमा पनि कमी आएको महसुस पार्टीले गरेको छ । राजनीति प्रति वितृष्णा छ । निराशा छ । महिला जनजाति दलित लगाएतलाई जागरण पैदा गरि आशावादी बनाउन जरुरी छ । अर्को कुरा संक्रमणकालिन अवस्थामा जे भए पनि आगामी अधिवेशनहरुमा समावेशिताको समस्या समाधान हुने छ । पार्टीले यसतर्फ ध्यान दिन्छ ।
प्रश्न : तपाई सिन्धुलीबाट निर्वाचित प्रदेश सांसद पनि, तपाईको क्षेत्रमा विकासका के के काम गर्नु भएको छ ?
उत्तर : मेरो क्षेत्रमा सडक, विद्युत, खानेपानी, नदी नियन्त्रण, सिंचाई, स्वास्थ्य, शिक्षा, खेलकुदसँग जोडिएका विभिन्न अरब माथिका योजना सञ्चालन भएका छन । ती योजना स्थानीय तहले गर्न नसक्ने ठूला योजना हुन । यस्तै कृषिका क्षेत्रमा दुधौली नगरपालिकामा सहकारी मार्फत सामुहिक चक्लाबन्दी खेति नमुना खेतिका रुपमा सुरु गरिएको छ । हामीले देखिने गरि र पाँच वर्षपछि पनि दिगो हुने खालका योजना छनौट गरेका छौं । यस्तै प्रदेश सरकारको बजेट सहिद पार्क, पक्कि सडक निर्माण जस्ता काममा विनियोजन गरि काम भएको छ । जनताले बजेट सदुपयोग गरेमा यस्ता दिर्घकालिन योजनामा बजेटको अभाव हुन समेत दिने छैन ।
प्रश्न : स्थानीय सरकार र प्रदेश सरकारबीच विकास निर्माणमा सहज वातावरण छैन भन्ने आरोप छ नी ?
उत्तर : मैले काम गरिरहेको क्षेत्रमा त्यस्तो छैन । स्थानीय सरकार र प्रदेश सरकारबीच सहज वातावरण बनेको छ । स्थानीय सरकारलाई जति जनताका समस्या प्रदेश सरकारलाई थाहा हुदैन । त्यसैले पनि हामीले समन्वय गरेका छौं । जनताको समस्या र चाहना अनुसार साना योजना स्थानीय तहले सञ्चालन गर्ने र प्रदेश तथा संघले ठूला योजना सञ्चालन गर्दा दोहोरिने समस्या पनि हुदैन । हामीले पनि दुधौली नगरपालिकामा त्यसै गरेका छौं ।
प्रश्न : स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखबीच काममा तालमेल नमिलेको गुनासो छ ? समस्यालाई समाधान गर्न पार्टीले के गर्दैछ ?
उत्तर : लामो समयदेखि हरेक संरचनाहरु एकात्मक प्रणालीमा चलेका छन । संस्थागत निर्णय, सामुहिक बुझाई र कार्यविभाजन ठोस ठोस तरिकाले गर्न नसक्दा समस्या सृजना भएको छ । संविधानले निर्देशित हुन सकेका छैनन । आफ्नो अधिकार क्षेत्रबाहेक अरुको अधिकार क्षेत्रमा हस्तक्षेप नगर्दा समस्या हुदैन तर त्यस्तो हुन सकेको छैन । संस्थागत संरचनाका आधारमा निर्णय लिने र बुझाईमा एकरुपता आएमा समस्या समाधान हुन सक्छ । यसका लागि सिन्धुलीको पार्टीले तत्काल स्थानीय तहका प्रमुख उपप्रमुख र पार्टीका पालिका स्तरका अध्यक्ष सचिवलाई राखि प्रशिक्षण दिने तयारी गरेको छ । उक्त प्रशिक्षणले केहि न केहि दिशा निर्देश गर्छ भन्ने हाम्रो बुझाई हो ।
प्रश्न : सिन्धुलीमा पर्यटनको सम्भावना कस्तो छ ?
उत्तर : सिन्धुली जिल्ला पर्यटन विकासको ठूलो सम्भावना बोकेको जिल्ला हो । पर्यटन विकासका लागि आवश्यक पूर्वाधारहरु पनि तयार भएका छन । सडक सञ्जालले यो जिल्ला अत्यन्त राम्रो बन्दै छ । यहाँको जल, जंगल, जुनार र जडिबुटीलाई संरक्षण गर्दै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक पर्यटनको विकास गर्न सकिने सम्भावना छ । यहाँ सिन्धुलीगढी, हरिहरपुरगढी जस्ता ऐतिहासिक स्थलहरु छन । फिक्कलको भ्यु टावर, धार्मिक पर्यटनका लागि विभिन्न मठमन्दिर गुम्बाहरु छ । यसलाई विकास गर्न सबैको हातेमालो जरुरी छ । सिद्धवावा र सिन्धुलीगढीमा पर्याप्त बजेट पनि छ । यसलाई व्यवस्थित ढंगले काम गर्न जरुरी छ । सुनकोशीमा ¥याफ्टिङको सम्भावना छ । यसलाई सबैले ध्यान दिन सकेमा सिन्धुलीमा पर्यटनका लागि अनुकुल वातावरण बन्दै छ । प्रस्तुकर्ता : बिमला पाण्डे

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

आगलागिबाट पाँचघर जल्यो, ४४ लाख बराबरको क्षती

Next Post

पोल्ट्री फार्म वर्कर तथा प्लम्बर तालिम सुरु

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied