• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ ३०, २०८३
in Featured, Opinion, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

– क्षितिज विक्रम खनाल
नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्व मात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो । तीज आउँदा रातो पहिरन, पूजा, व्रत, गीत, नाचगान, माइतीको सम्झना र भेटघाटले नेपाली समाजमा छुट्टै उत्साह ल्याउँछ । तर तीजको वास्तविक अर्थ बाहिरी प्रदर्शन र रमझममा मात्र सीमित छैन । यो महिलाहरूले आफ्ना भावना व्यक्त गर्ने, सुख–दुःख साटासाट गर्ने, पारिवारिक सम्बन्धलाई आत्मीय बनाउने र आफ्नो आत्मबल तथा पहिचानलाई अनुभूति गर्ने अवसर पनि हो । त्यसैले तीजलाई केवल एउटा पर्वका रूपमा होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको हाम्रो सामाजिक स्मृति, सांस्कृतिक पहिचान र जीवनदर्शनका रूपमा बुझ्नु आवश्यक छ ।

हरितालिका तीजको पौराणिक कथा देवी पार्वतीको तपस्या, दृढ संकल्प र भगवान शिवप्रतिको अटल समर्पणसँग जोडिएको छ । पौराणिक परम्पराअनुसार सतीदेवीले देहत्याग गरेपछि पार्वतीका रूपमा पुनर्जन्म लिइन् । बाल्यकालदेखि नै उनको मन शिवप्रति समर्पित थियो । पारिवारिक इच्छाअनुसार उनको विवाह अन्यत्र गराउने प्रयास भएपछि उनले आफ्नो इच्छालाई त्यागिनन् । शिवलाई नै आफ्नो जीवनसाथीका रूपमा प्राप्त गर्ने दृढ संकल्पसहित उनले कठोर तपस्या गरिन् । कथाअनुसार उनकी सखीहरूले उनलाई पिताको इच्छाबाट टाढा लगेर वनमा पु¥याए र त्यहीँ उनले शिवप्राप्तिको संकल्पका साथ तपस्या गरिन् । यही प्रसंगसँग ‘हरितालिका’ नाम जोडिएको मानिन्छ । यो कथा केवल पति प्राप्तिको धार्मिक आख्यान मात्र होइन, आफ्नो निर्णयप्रति दृढ रहने, कठिनाइमा पनि आफ्नो लक्ष्यबाट विचलित नहुने र आफ्नो जीवनका विषयमा आफ्नै इच्छा र चेतनाको सम्मान गर्ने नारी आत्मबलको प्रतीकका रूपमा पनि बुझ्न सकिन्छ ।

समय बदलिएको छ, समाज बदलिएको छ र महिलाको भूमिका पनि बदलिएको छ । त्यसैले पार्वतीको तपस्यालाई आजको सन्दर्भमा बुझ्दा यसको मूल सन्देश अझ व्यापक देखिन्छ । जीवनमा आफ्नो लक्ष्य पहिचान गर्नु, कठिनाइसँग नडराउनु, धैर्य राख्नु र आफ्नो अस्तित्व तथा निर्णयको सम्मान गर्नु आजको पुस्ताका लागि पनि उत्तिकै महत्वपूर्ण छ । प्रेममा समर्पण आवश्यक छ, तर समर्पणको अर्थ आफ्नो अस्तित्व गुमाउनु होइन । परिवार र सम्बन्ध महत्वपूर्ण छन्, तर आत्मसम्मान र स्वतन्त्र चेतना पनि त्यत्तिकै महत्वपूर्ण छन् । यही सन्तुलन नै तीजको आध्यात्मिक पक्षलाई आधुनिक जीवनसँग जोड्ने सुन्दर आधार बन्न सक्छ ।

तर आज तीज मनाउने क्रममा हाम्रो समाजमा केही नयाँ प्रवृत्तिहरू तीव्र रूपमा बढिरहेका छन्, जसले यसको मौलिकता र सांस्कृतिक मर्ममाथि प्रश्न उठाउन थालेका छन् । तीजको नाममा अत्यधिक खर्च, देखासिकी, भड्किलो पहिरन, महँगा भोजभतेर, अनावश्यक प्रतिस्पर्धा, सामाजिक सञ्जालमा प्रदर्शन गर्ने प्रवृत्ति र आफ्नो आर्थिक क्षमताभन्दा माथि उठेर जीवनशैली प्रदर्शन गर्ने होड बढ्दै गएको देखिन्छ । तीजको खुसीलाई आत्मीयता र सम्बन्धमा खोज्नुपर्ने ठाउँमा कतिपय अवस्थामा महँगो रेस्टुरेन्ट, होटल, गहना, पहिरन, भोज र प्रदर्शनसँग जोड्न थालिएको छ । अरूले गरेको देखेर आफूले पनि गर्नुपर्ने, अरूभन्दा राम्रो देखिनुपर्ने र सामाजिक सञ्जालमा आफ्नो जीवनशैली प्रमाणित गर्नुपर्ने मानसिकताले पर्वको सरलता र आत्मीयता विस्तारै ओझेलमा पार्दैछ ।

आधुनिकता आफैँमा गलत होइन । समयसँगै मानिसको जीवनशैली बदलिनु स्वाभाविक हो । नयाँ प्रविधि अपनाउनु, राम्रो पहिरन लगाउनु, साथीभाइसँग भेटघाट गर्नु, मनोरञ्जन गर्नु वा आफ्नो खुसी मनाउनु पनि गलत होइन । समस्या त्यतिबेला सुरु हुन्छ, जब आधुनिकताको नाममा हामी आफ्नो क्षमता, संस्कार र सामाजिक यथार्थलाई बिर्सेर अरूको देखासिकीमा अस्वस्थ प्रतिस्पर्धा गर्न थाल्छौँ। आधुनिक बन्नु भनेको भड्किलो बन्नु होइन, चेतनशील बन्नु हो । सम्पन्न हुनु भनेको प्रदर्शन गर्नु होइन, आफ्नो जीवनलाई सम्मानपूर्वक र सन्तुलित ढङ्गले जिउन सक्नु हो ।

हामीले तीजलाई आधुनिक बनाउने नाममा आफ्नो सनातन संस्कृतिको मौलिकता नै गुमाउनु हुँदैन । बरु हाम्रो संस्कृति समयसँगै परिष्कृत हुनुपर्छ । जुन परम्पराले मानवता, प्रेम, परिवार, आत्मसंयम, सम्मान र सामाजिक सद्भाव बढाउँछ, त्यसलाई अझ मजबुत बनाऔँ । जुन अभ्यास समयसँग मेल खाँदैन, विभेद पैदा गर्छ वा मानिसको आत्मसम्मानमा चोट पु¥याउँछ, त्यसलाई विवेकपूर्वक सुधारौँ । संस्कृति जोगाउनु भनेको पुरानो कुरालाई आँखामा पट्टी बाँधेर दोहो¥याउनु होइन; त्यसको मूल मर्मलाई जोगाउँदै समयअनुकूल बनाउनु हो ।

आज तीजका नाममा बढ्दै गएको अर्को समस्या आर्थिक र सामाजिक असमानताको प्रदर्शन पनि हो । एउटा परिवारले हजारौँ वा लाखौँ खर्च गरेर पर्व मनाउँदा अर्को परिवारले सामान्य रूपमा पर्व मनाउन पनि कठिनाइ भोगिरहेको हुन सक्छ । यस्तो अवस्थामा पर्वले खुसी बाँड्नुको सट्टा हीनभावना र प्रतिस्पर्धा बढाउन सक्छ । हाम्रो संस्कृतिको सुन्दर पक्ष त विपन्न र सम्पन्न, धनी र गरिब, गाउँ र सहर सबैलाई एउटै उत्सवमा जोड्नु हो । त्यसैले तीजलाई कसले कति खर्च ग¥यो भन्ने प्रतिस्पर्धाभन्दा कसले कति आत्मीयता बाँड्यो भन्ने संस्कार बनाउन आवश्यक छ ।

तीजका गीतहरूमा पनि समयसँगै परिवर्तन आएको छ । विगतमा महिलाका पीडा, माइतीको सम्झना, सामाजिक असमानता र जीवनका यथार्थहरू गीतमा व्यक्त हुन्थे । आज मनोरञ्जन र आधुनिक संगीतको प्रभाव बढ्नु स्वाभाविक हो । तर मनोरञ्जनको नाममा अश्लीलता, व्यक्तिको चरित्रमाथि टिप्पणी, अस्वस्थ प्रतिस्पर्धा वा सामाजिक विकृतिलाई सामान्य बनाउने प्रवृत्तिलाई संस्कृति भनेर स्वीकार गर्नु हुँदैन । गीत, नृत्य र मनोरञ्जन संस्कृतिका सुन्दर अभिव्यक्ति हुन्, तर तिनमा पनि मर्यादा, सौन्दर्य र सामाजिक जिम्मेवारीको चेतना रहनुपर्छ ।
तीजसँग जोडिएको व्रत पनि आत्मसंयम र अनुशासनको अभ्यासका रूपमा बुझ्न सकिन्छ । व्रतको अर्थ केवल खाना वा पानी त्याग्नु होइन, केही समय आफ्ना इच्छा, इन्द्रिय र बाहिरी व्यस्ततालाई नियन्त्रण गर्दै आफूभित्र फर्किनु पनि हो । पूजा, ध्यान, भजन र आत्मचिन्तनले मानिसलाई मानसिक रूपमा शान्त र स्थिर बनाउन सक्छ । तर व्रतको आध्यात्मिक मूल्य शरीरलाई कष्ट दिनुमा होइन, मनलाई अनुशासित बनाउनुमा छ । सबै व्यक्तिको स्वास्थ्य अवस्था समान हुँदैन, त्यसैले निर्जला व्रत सबैका लागि अनिवार्य वा स्वास्थ्यका दृष्टिले लाभदायक हुन्छ भन्ने सोच राख्नु उचित हुँदैन । धर्मको उद्देश्य मानिसलाई जीवनप्रति जिम्मेवार र सन्तुलित बनाउनु हो ।

तीजको सबैभन्दा सुन्दर पक्ष यसको सामाजिक र सांस्कृतिक स्वरूप पनि हो । परम्परागत नेपाली समाजमा महिलाहरूका लागि आफ्ना भावना खुलेर व्यक्त गर्ने अवसर सधैँ सहज थिएन । त्यस्तो परिवेशमा तीजका गीत महिलाका भावनाका प्रतिनिधि बने । माइतीको सम्झना, घरपरिवारका अनुभव, सुख–दुःख, पीडा, आशा, प्रेम र कतिपय अवस्थामा सामाजिक असमानताविरुद्धका आवाजसमेत तीजका भाकामा अभिव्यक्त भए । त्यसैले तीजका गीत केवल मनोरञ्जनका साधन होइनन्, नेपाली महिलाको सामाजिक इतिहासका मौखिक दस्तावेज पनि हुन् । आजको पुस्ताले यही परम्परालाई नयाँ चेतनासँग जोड्न आवश्यक छ । आजका तीज गीतमा केवल विगतका पीडा होइन, महिलाका शिक्षा, आत्मनिर्भरता, नेतृत्व, उद्यमशीलता, अधिकार, उपलब्धि र भविष्यका सपनाहरू पनि गुञ्जिनुपर्छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

तीजपछि आउने ऋषिपञ्चमी हाम्रो ज्ञान परम्परा र ऋषिमुनिप्रतिको कृतज्ञतासँग जोडिएको पर्व हो । यस दिन सप्तऋषिका रूपमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठको स्मरण र पूजा गर्ने परम्परा छ । ऋषिपञ्चमीको वास्तविक मर्मलाई केवल कर्मकाण्ड वा बाहिरी विधिमा सीमित गर्नुको सट्टा ज्ञानका पुर्खाप्रति सम्मान र कृतज्ञताको अवसरका रूपमा बुझ्न सकिन्छ । मानव सभ्यताको विकासमा ऋषिमुनिहरूले ज्ञान, दर्शन, संस्कार र जीवनपद्धतिका क्षेत्रमा पु¥याएको योगदानलाई सम्झनु हाम्रो सांस्कृतिक जिम्मेवारी हो । हामी वर्षभरि आफ्ना ज्ञानका स्रोत र अग्रजहरूलाई सम्झन नसके पनि वर्षमा एक दिन उनीहरूको योगदानप्रति कृतज्ञ हुनु आफैँमा सकारात्मक संस्कार हो ।

ऋषिपञ्चमीसँग जोडिएको रजस्वलाको विषय भने आजको चेतनाले अझ संवेदनशील रूपमा बुझ्नुपर्ने विषय हो । रजस्वला महिलाको प्राकृतिक जैविक प्रक्रिया हो । यसलाई अशुद्धता, अपराध वा पापसँग जोडेर महिलामाथि सामाजिक विभेद वा हीनताको भावना सिर्जना गर्नु उचित हुँदैन । हाम्रो परम्पराभित्र पनि रजस्वलालाई प्रकृतिको स्वाभाविक चक्रका रूपमा बुझ्ने विभिन्न व्याख्या पाइन्छन् । समयसँगै कतिपय धार्मिक र सामाजिक अभ्यासका अर्थ परिवर्तन हुँदै गए र कतिपय अवस्थामा मूल भावनाभन्दा फरक अर्थसमेत स्थापित भए । त्यसैले आजको आवश्यकता परम्परालाई अपमान गर्नु होइन, परम्पराभित्र रहेका मानवीय र सकारात्मक मूल्यलाई जोगाउँदै समयसँग नमिल्ने विभेदकारी अभ्यासलाई सुधार्नु हो ।

मानव सभ्यता कहिल्यै स्थिर रहेन । समयसँगै समाज बदलियो, परिवारको संरचना बदलियो, राज्य व्यवस्था निर्माण भयो, कानुन बने र धार्मिक तथा सामाजिक अभ्यासका व्याख्याहरू पनि परिवर्तन हुँदै गए । हिजो आवश्यक ठानिएको कुनै व्यवस्था आज आवश्यक नहुन सक्छ र आजको अभ्यास भविष्यमा अर्को स्वरूपमा विकसित हुन सक्छ । यसलाई परम्पराको विरोध भनेर बुझ्नु आवश्यक छैन । वास्तवमा परम्परा जीवित हुनु भनेकै समयसँग संवाद गर्दै परिवर्तन हुन सक्नु हो । नदी बगिरहँदा नदी नै रहन्छ, तर त्यसको पानी प्रत्येक क्षण नयाँ हुन्छ । संस्कृति पनि त्यस्तै हो । यसको मूल पहिचान रहन्छ, तर यसको अभिव्यक्ति समयअनुसार परिवर्तन भइरहन्छ ।

आज नेपाली समाजले तीज मात्र होइन, अन्य धेरै सामाजिक पर्व र संस्कार मनाउने क्रममा पनि बढ्दो उपभोक्तावाद र देखासिकीको प्रभाव सामना गरिरहेको छ । विवाहमा अनावश्यक खर्च र प्रतिस्पर्धा, जन्मदिनमा अत्यधिक प्रदर्शन, चाडपर्वमा ऋण लिएर खर्च गर्ने प्रवृत्ति, सामाजिक सञ्जालमा आफ्नो आर्थिक अवस्था प्रदर्शन गर्ने होड, खानपानमा अस्वस्थ प्रतिस्पर्धा र अरूको जीवनसँग आफ्नो जीवन तुलना गर्ने मानसिकता विस्तारै सामाजिक दबाबका रूपमा विकसित हुँदैछन् । हाम्रो समाजमा ‘अरूले के भन्लान्?’ भन्ने मानसिकताले कतिपय परिवारलाई आफ्नो वास्तविक क्षमताभन्दा माथि खर्च गर्न बाध्य बनाइरहेको छ । यसले आर्थिक बोझ मात्र बढाउँदैन, परिवारभित्र तनाव, असन्तुष्टि र सम्बन्धमा समेत असर पार्न सक्छ ।

हामीले विकासलाई उपभोग र प्रदर्शनसँग मात्र जोड्नु हुँदैन । वास्तविक विकास चेतनाको विकास हो । एउटा परिवारले आफ्नो क्षमताभित्र रहेर सन्तोषपूर्वक पर्व मनाउनु, छिमेकीसँग खुसी बाँड्नु, वृद्ध आमाबुबालाई सम्मान गर्नु, बालबालिकालाई संस्कार सिकाउनु र दुःखी तथा विपन्नलाई सहयोग गर्नु कुनै भड्किलो उत्सवभन्दा धेरै ठूलो सांस्कृतिक उपलब्धि हो । पर्वको मूल्य हामीले कति खर्च ग¥यौँ भन्नेमा होइन, कति प्रेम बाँड्यौँ, कति सम्बन्ध जोड्यौँ र कति सकारात्मक संस्कार आगामी पुस्तालाई हस्तान्तरण ग¥यौँ भन्नेमाहुनुपर्छ ।

यसैकारण आजको आवश्यकता हाम्रो सनातन संस्कृतिलाई त्याग्नु होइन, त्यसलाई समयअनुकूल परिष्कृत गर्नु हो । राम्रो कुरा ग्रहण गरौँ, नराम्रो कुरा सुधारौँ । आधुनिकताको उपयोग गरौँ, तर आधुनिकताको नाममा आफ्नै मौलिकता नबिर्सौँ । अरूको राम्रो कुरा सिक्नु गलत होइन, तर अन्ध देखासिकी गर्नु बुद्धिमानी होइन । विश्वका राम्रा संस्कारबाट सिकौँ, तर आफ्नो सामाजिक यथार्थ र सांस्कृतिक पहिचानलाई पनि सम्मान गरौँ । हामीले आफ्नै घरको दियो निभाएर अरूको घरको उज्यालो खोज्नु आवश्यक छैन ।

आजको तीजले महिलालाई केवल सजिने र रमाउने अवसर मात्र नदिई आत्मनिर्भरता, आत्मसम्मान, शिक्षा, स्वास्थ्य, उद्यमशीलता र नेतृत्वका विषयमा पनि सोच्ने अवसर दिनुपर्छ । पुरुषहरूले पनि तीजलाई महिलाको मात्र पर्व भनेर अलग राख्नुको सट्टा परिवार, समाज र संस्कृतिसँग जोडिएको साझा पर्वका रूपमा बुझ्नुपर्छ । महिलाको सम्मान केवल तीजको दिन रातो पहिरन र शुभकामनामा सीमित हुनु हुँदैन । दैनिक जीवनमा समान व्यवहार, निर्णयमा सहभागिता, सम्मान र अवसर प्रदान गर्नु नै वास्तविक सम्मान हो ।

त्यसैगरी ऋषिपञ्चमी मनाउँदा केवल पूजा र विधि पूरा गर्ने होइन, ज्ञानका पुर्खालाई सम्झने, अध्ययन र अनुसन्धानप्रति सम्मान गर्ने तथा नयाँ पुस्तालाई ज्ञानको महत्व बुझाउने अवसरका रूपमा लिन सकिन्छ । ऋषिपञ्चमीको सच्चा सम्मान त्यतिबेला हुन्छ, जब हामी ज्ञानलाई जीवनको आधार बनाउँछौँ, प्रश्न गर्न सिक्छौँ र सत्यको खोजीमा निरन्तर अघि बढ्छौँ । श्रद्धा र विवेकबीचको सन्तुलन नै हाम्रो संस्कृतिको भविष्यका लागि महत्वपूर्ण छ ।

अन्ततः संस्कृति जोगाउनु भनेको पुराना सबै अभ्यासलाई जस्ताको तस्तै दोहो¥याउनु होइन । संस्कृतिको आत्मा पहिचान गरेर त्यसलाई समयअनुकूल जीवन्त राख्नु हो । तीजले हामीलाई पार्वतीको आत्मबल, प्रेम, धैर्य र संकल्प सम्झाओस् । तीजका गीतले महिलाको आवाजलाई अझ सशक्त बनाऊन् । हाम्रो उत्सवले देखासिकी, अनावश्यक खर्च र भड्किलो जीवनशैलीलाई होइन, आत्मीयता, सादगी र सामाजिक सद्भावलाई प्रोत्साहन गरोस् । ऋषिपञ्चमीले ज्ञानका पुर्खाप्रति कृतज्ञ हुन, अध्ययन गर्न र विवेकपूर्ण जीवन जिउन प्रेरणा देओस् । हामीले पर्वलाई परिवर्तन गर्ने होइन, पर्व मनाउने हाम्रो चेतनालाई परिवर्तन गर्नुपर्छ । आधुनिकता स्वीकार गरौँ, तर मौलिकता नहराऊँ । परम्परा जोगाऔँ, तर विकृतिलाई संस्कृतिको नाम नदिऔँ । अरूबाट सिकौँ, तर अन्ध देखासिकी नगरौँ । खर्च गरौँ, तर क्षमताभन्दा माथि गएर होइन । उत्सव मनाऔँ, तर अरूलाई देखाउनका लागि होइन, आफ्ना मानिससँग खुसी बाँड्नका लागि । यही सन्तुलित दृष्टिकोणले मात्र हाम्रो सनातन संस्कृतिलाई समयसँगै अझ सुन्दर, मानवीय र जीवन्त बनाउन सक्छ ।

श्रद्धा रहोस्, तर विवेकसहित । परम्परा रहोस्, तर समयअनुकूल परिष्कारसहित । आधुनिकता आओस्, तर मौलिकताको सम्मानसहित । उत्सव रहोस्, तर देखासिकी र विकृतिबाट मुक्त भएर ।

यही चेतना आजको तीज र ऋषिपञ्चमीको सबैभन्दा ठूलो सन्देश बन्न सकोस् ।

हरितालिका तीज तथा ऋषिपञ्चमीको सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied