सिन्धुली । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा सोमबार सिन्धुलीमाढीमा दीप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको आयोजनामा सिन्धुलीमाढीको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको हो ।
मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार : श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार भन्ने मूल नारा सहित कार्यक्रम आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी शेषराज दाहालको विशिष्ट आतिथ्यतामा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि दाहालले महासंघले ७१ वर्ष पुरा गरेकोमा शुभकामना तथा बधाई ज्ञापन गरे । त्यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले वि. स. २०१२ सालदेखि सुरु भएको जानकारी दिए ।
महासंघले लोकतन्त्र स्थापना गर्नदेखि लिएर मानव अधिकार, प्रेस स्वतन्त्रताको बिषयमा ठूलो भुमिका खेलेको बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालमा भ्रामक गतिविधि फैलिएकाले पत्रकारिता पेशालाई नै दख्खल पुराएको बताए ।





















