• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

संकटमा देशको भविष्य

बिमला पाण्डे by बिमला पाण्डे
माघ १५, २०८२
in Featured, Opinion, Politics, Province 3, Society
0

Share via:

23 Shares
  • Facebook 31
  • Twitter
  • LinkedIn
  • More

नेपाल पछिल्लो राजनीतिक घटनाक्रमका कारण निक्कै सकसमा छ । यो समयमा कसरी नेपालको राजनीतिक स्थिरता कायम होला भन्ने चिन्ता आम नेपालीमा हुनु स्वभाविक हो । जेनजी (नवयुवा पुस्ता) आन्दोलन, सरकारका सबै अंगहरुमा भएको विध्वंश, सुरक्षामाथिको हस्तक्षेपका कारण निराशातर्फ धकेलिएको नेपाल यतिबेला निर्वाचनको दौरानमा छ ।

सरकारले विघटित प्रतिनिधिसभाको निर्वाचनको तयारी गरिरहेको छ । अन्यौलताका बीच हुन लागेको निर्वाचनपूर्व केहि राजनीतिक परिस्थिति र वातावरणलाई समिक्षा गर्न सक्यो भने मात्र निर्वाचनको औचित्यता रहन सक्छ । यसका लागि जेनजी अभियन्ताहरु, पुराना राजनीतिक दल र नयाँ राजनीतिक दलहरुको संयुक्त साझा प्रयास आवश्यक हुन सक्छ ।

राजनीतिक वातावरण तयार नभएसम्म निर्वाचन गर्नु र नगर्नुले खासै स्थिरता कायम गर्छ भन्ने लाग्दैन । जेनजी आन्दोलन, आगामी निर्वाचन र नेपालको राजनीतिक भविष्यबारे समग्रमा बुझ्नका लागि जेनजी आन्दोलन र यसको महत्वबारे जानकार हुन आवश्यक छ ।

जेनजी पुस्ता

जेनजी पुस्ता सक्रिय उमेर समूहको पुस्ता हो । जुन सन् १९९७ पछि जन्मिएको पुस्ता हो । नेपालमा यसलाई नवयुवा पुस्ताको नामाकरण समेत गरेको देखिन्छ । यो पुस्ता नेपालमा सक्रिय मतदाता, अभियन्ता र विचार निर्माण गर्न सक्ने पुस्ता हो । तथापी जेनजी विद्रोह विद्रोहका रुपमा मात्र सिमित भयो । जसले नयाँ विचार निर्माण गर्न सकेन, विश्वास कायम गर्न सकेन । जेनजी आन्दोलनका धेरै मागहरु सहि थिए । प्रविधि मार्फत संगठित र सचेत यो पुस्ताले भ्रष्टाचार, बेरोजगारी, पुरानो राजनीतिक संस्कृतिप्रति असन्तुष्टि जनाएको थियो । पारदर्शिता, मेरिट प्रणाली, सुशासन र अवसरमुखी राजनीतिक चाहना यो पुस्ताको चाहना हो । तर ती मागहरु जेनजी आन्दोलन पहिलो दिनमै हाइज्याक भएर विध्वंशमा परिणत भयो ।

जसका कारण धेरै नेपाली नागरिकले ज्यान गुमाए । सुरक्षाकर्मी मारिए । हजारौं नागरिक घाईते हुन पुगे । देशका तीनवटै संरचनाहरुमाथि हमला भयो । आगजनी भयो । जेनजी आन्दोलनका नाममा विध्वंश मच्चियो । देशभरका सरकारी, सार्वजनिक, नीजि सम्पत्तिहरुमा आगजनी भए । जेल तोडियो । अपराधको सजाय भोगिरहेका कैदीबन्दी भागे । हतियार लुटिए । निर्वाचित सरकार अपदस्त भयो । संसद विघटन भयो । संविधान नै धरापमा प¥यो । लामो लोकतान्त्रिक अभ्यासबाट बनेको संविधान दश वर्षमा नै च्यातिने अवस्थामा पुग्यो । तर देशले निकास पाउनु त कता हो कता यो आन्दोलनले झनै वितृष्णा फैलायो । आक्रोश जन्मायो । जेनजी आन्दोलनले लिनुपर्ने ठोस निर्णय लिन सकेन । यहि कारण क्रमशः जेनजी आन्दोलनमा टुटफुट भयो । आशाहरु खरानी र धुवाँभित्र रुमलिरहेको यो अवस्थामा एउटा पुस्तामाथि नै देशद्रोहको कलंक लागेको छ । यो गम्भिर विषय हो ।

आन्दोलनको जगमा बनेको सरकार पनि आलोचना मुक्त छैन । यहाँका मन्त्रीहरु राजनीतिक दलमा आवद्ध हनुे, टुटफुट हुने, एकता गर्ने र भत्काउने यस्तै पुरानै खेलमा लागेको देखिन्छ । नयाँ अनुहार र पुरानै राजनीतिक शैलीका कारण पुराना दलहरुका कारण निराश बनेको नवयुवा पुस्ताले नयाँ दलबाट पनि आशा गर्ने ठाउँ भेट्टाएका छैनन् ।

अपराध कर्ममा लागेका, पुराना दलबाट अवसरको खोजीमा आएका वितृष्ण मानसिकता बोकेका नागरिकहरु नयाँ दलमा समाहित भएपछि नेतृत्वमाथि नै प्रश्न उठेको छ । नयाँ र पुरानाबीच तुलना गर्दा नयाँमा झनै धेरै विकृतिहरु देखिएका छन् । नयाँमा समानुपातिक निर्वाचन प्रणाली, संघियता र लोकतन्त्रको मर्म के हो ? नीति, विचार, सिद्धान्त के हो ? भन्ने विषयमा स्पष्ट नीति, मार्गदर्शन र देश बनाउने खाका छैन । छ त केवल देशमा केहि भएन भनि जवर्जस्त खडा गरिदिएको अमुर्त भाष्य मात्र ।

नयाँ पुस्तामा केहि भएको छैन भन्ने भाष्य खडा गरिरहँदा अबको पुस्ताले साँच्चिकै केहि नै नभएको हो त ? भनि खोजी र तुलना गर्न सक्यो भने देशमा स्थिरता कायम गर्न सहज हुने देखिन्छ । अर्को कुरा उमेर फेरिएर सोंच नफेरिए राजनीति बदलिँदैन झनै खाडलमा पर्छ भन्ने कुरामा पनि नव युवाहरु सचेत रहन आवश्यक छ ।

यो देश विग्रनुमा दोष कसको ? यो प्रश्न पनि गम्भिर प्रश्न हो । नवयुवाको माग र दलहरुको व्यवहार नमिल्नुमा दुवैको कमजोरी हो । पुराना दलहरू संरचनागत रूपमा बढी दोषी छन्, नयाँ दलहरू रणनीतिक रूपमा चुकेका छन् । यो समय दलको विरोध वा समर्थनको समय हैन प्रवृतिको विरोध र समर्थनको समय हो । राजनीतिक संस्कार र प्रवृतिमा खासै अन्तर नदेखिनु र नयाँमा झनै विग्रदो प्रवृति देखिनुले देशको अवस्था भयावह छ भन्ने संकेत गरिरहेको छ । सत्तामा पुग्ने हतारो र सत्ता संरक्षणको मनोविज्ञान देशका लागि दुवै घातक छन् भन्ने बुझ्न नागरिकले ढिलो गर्नु हुदैन ।

गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार र नयाँ राजनीतिक अनुहारप्रति आकर्षण बढेको देखिएको थियो । सम्भवतः यो पटकको निर्वाचनमा पनि त्यो देखिन्छ नै तर जेनजी समूहले खोजेको अपेक्षा भने नयाँ दलबाट झनै आशा गर्न सकिने देखिँदैन । राष्ट्रभाव नयाँ दलबाट अपेक्षा गर्न सकिने अवस्था नै छैन । नेपालको राष्ट्रिय झण्डा बोकेर देशमा आगो लगाउनेहरुसँग देशभक्ति भावको कसरी आशा गर्न सकिएला र ?

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

आगामी निर्वाचनमा जेनजी मतदाताको संख्या उल्लेखनीय हुने भएकाले यसको प्रभाव महत्वपूर्ण हुन सक्छ । उनीहरुका मागलाई सम्बोधन गर्दै नेतृत्व तहमा युवा पुस्तालाई समेट्न सके बरु पुराना दलहरुबाटै केहि अपेक्षा गर्न सकिन्छ किनकी उनीहरुको लोकतन्त्र स्थापनाका लागि योगदान अमुल्य छ । जेनजी समूहले पुराना भनिएका दलहरुलाई सुधारका लागि दवाव दिन सक्छन् तर उनीहरुको लगाव फेरी दलमै र नेता बन्नमै गयो भने देश वर्वादी तिर पो जाने होकी भन्ने देखिन थालेको छ ।

उम्मेदवारको व्यक्तिगत छवि, काम, इमान्दारिता र निष्ठालाई प्राथमिकता दिएर क्याम्पियन गरि बरु सबै दलका राम्रा मान्छे छान्न सकियो भने देशको भविष्य सन्तुलन हुन सक्ला की ? यसका लागि डिजिटल क्याम्पेन, नीतिगत बहस र जेनजी पुस्ताको भूमिका आवश्यक छ । जेनजी पुस्ता एकीकृत हुन नसक्दा पछिल्लो समय उनीहरुको प्रभाव कमजोर हुँदै गएको छ । यसलाई एकीकृत गर्दै अनुभवी र नयाँ पुस्तासँगै लान सकेमा देश सहि बाटोमा लाग्न सक्छ ।

जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक भविष्य कता जाँदैछ ? यो प्रश्न सायद धेरैको मनमा छ । यो आन्दोलनपछि पुराना दलहरू सुधारिएर नयाँ नेतृत्व अगाडि ल्याउने, नीति, सेवा र जवाफदेहितामा सुधार गर्ने अवसर छ । अर्को वैकल्पिक राजनीतिको उदय हुने सम्भावना पनि छ । नयाँ दल वा स्वतन्त्र बलियो हुने र संसदमा नयाँ सोंच र बहस सृजना हुने सम्भावना पनि नकार्न सकिन्न ।

नेपालको राजनीतिमा पछिल्लो समय निराशा र उदासीनताको जोखिम झनै बढेको छ । अपेक्षा पूरा नभएमा युवामा राजनीतिप्रति वितृष्णा झनै बढ्न सक्छ भने मतदाताको मतदानमा सहभागिता घट्ने खतरा पनि छ ।

जेनजी आन्दोलनले पुराना दललाई सुधारका लागि घच्घचाएको छ । राजनीतिमा परिवर्तनको सम्भावना छ भनि संकेत पनि गरेको छ तर त्यो परिवर्तन संगठित हुने, दीर्घकालिन सोंचमा बदलिने र जिम्मेवार सहभागिता हुने कुरामा शंका प्रवल छ । जेनजी विद्रोह नीति र विकल्प सहित अगाडि बढ्न नसक्नु असफलता आन्दोलनको असफलता हो । त्यसैले यो विद्रोहले राजनीतिक रुपान्तरण गर्छ भन्ने विश्वास गर्न सकिने आधारहरु तय भएका छैनन् । आन्दोलन अपरिपक्क हुनु सुखद हैन ।

राजनीतिक पुस्तान्तरण

अवको आवश्यकता राजनीतिमा उमेरगत पुस्तान्तरण मात्र हैन । युवा आउनु मात्रले विचार परिपक्क हुन्छ भन्ने पनि हैन । राजनीतिमा त सबै उमेर समूहका व्यक्तिहरुमा आउने बैचारिक पुस्तान्तरण आवश्यक छ । पुस्तान्तरणले उमेरसँग मात्र सरोकार राख्छ तर राजनीतिक पुस्तान्तरणले विचार, नीति, शैली, संस्कारमा पुस्तान्तरण भन्ने अर्थ बुझाउँछ ।
नातावाद, गुटबन्दी, अपारदर्शिता जनताले चाहेका हैनन् । नेताका भाषण हैन नीति र परिणाम चाहेका हुन् भन्ने कुरामा राजनीतिक दल र ती सम्बद्ध नेताहरुले बुझ्नु आवश्यक छ । यति भनिरहँदा जेनजी पुस्ताले नेपालको भूराजनीतिक अवस्थाका बारेमा कति जानकारी राख्छन् भन्ने कुरा पनि अवको समिक्षाको विषय हुन आवश्यक छ । सामाजिक सञ्जालबाट फैलने नकारात्मक सूचनाको प्रभावमा परेका नवयुवा पुस्तालाई सहि सूचना कहाँबाट कसरी लिन सकिन्छ भन्ने विषयमा समेत सचेत बनाउनु अहिलेको आवश्यकता रहेको छ ।
अतः अवको राजनीतिक स्थिरताको पाटोमा जाँदा बहस नेपाली माटो सुहाउँदो हुन आवश्यक छ । सबै राजनीतिक दल, पुस्ताले अपनत्व लिने गरि निर्वाचन अगाडि बढ्न आवश्यक छ । विना पूर्वाग्रह देश निर्माणको खाका निर्माण गरेर अगाडि बढ्न आवश्यक छ । राजनीतिक स्थिरताको लागि पुराना राजनीतिक दल, नयाँ राजनीतिक दल, सरकार र नवपुस्तालाई सँगै लान सकेमा मात्र सम्भव छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लागुऔषध सहित तीन जना प्रहरी नियन्त्रणमा

Next Post

सिन्धुली महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied