सिन्धुली । सातौं सिन्धुली महोत्सव २०८२ को सातौं दिन विहिबार विद्यालय स्तरीय नृत्य प्रतियोगिता तथा खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । अन्तर बिद्यालय नृत्य प्रतियोगितामा १२ वटा बिद्यालयहरु सहभागी रहेका थिए ।
अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगितामा सिद्धस्थली बोर्डिङ स्कुल प्रथम भएको छ भने सिन्धुली पाठशाला द्वितिय र गाइड इङ्लिस बोर्डिङ स्कुल तृतीय भएका छन् । उक्त प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा नृत्य प्रतियोगितामा न्यू स्टार बोर्डिङ स्कुल धुराफाँट, गाइड इङ्लिस बोर्डिङ स्कुल रातमाटा, जलकन्या माध्यमिक विद्यालय चपौली सहभागी रहेका थिए ।
त्यस्तै सिन्धुली पाठशाला, भगवती आवासिय मावि माढीबजार, समता स्कुल धुराफाँट, सिन्धुलीगढी पब्लिक इङ्लिस बोर्डिङ स्कुल राममाढी, समय पाठशाला धुरा बजार, गौमती माध्यमिक विद्यालय माढी बजार, सिद्ध प्राथमिक विद्यालय अँधेरी भञ्ज्याङ, सिन्धु शुभ प्रभात धुरा बजार, कमला मावि ढुंग्रेबास, सिद्धस्थली अंग्रेजी बोर्डिङ स्कुलको सहभागी रहेको थियो । बुधबार ६ वटा विद्यालय र विहिबार ६ वटा विद्यालयको प्रस्तुती रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई २५ हजार रुपैंया, द्वितिय हुने विद्यालयलाई २० हजार र तृतिय हुने विद्यालयलाई १५ हजार रुपैंया पुरस्कार रहेको सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले जनाएको छ ।





















