सिन्धुली । कमलामाई नगरपालिकाले सिन्धुलीमाढीमा सञ्चालन गरेको छैठौं मेयरकप भलिबलको उपाधि वडा नं. १० ले चुमेको छ । आईतबार वडा नं. १ र वडा नं. १० बीच भएको फाईनल खेलमा वडा नं. १ लाई हराउँदै वडा नं. १० विजेता बनेको हो ।
वडा नं. १ उपविजेता बनेको छ । वडा नं. ११ र वडा नं. ७ बीच भएको खेलमा वडा नं. ७ विजयी भएको छ । तेस्रो स्थानका लागि भएको उक्त खेलमा ७ बिजय भएको कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक बिक्रम थापाले बताए । प्रतियोगितामा ८ वडाका १० वटा टिमको सहभागिता रहेको थियो ।
यस्तै उपमेयर कप खेलकुद प्रतियोगिता अन्तर्गत भएको भलिवल प्रतियोगितामा सूर्योदय इंग्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । आइतबार भएको प्रतिस्पर्धामा सिद्धबाबा इंग्लिस बोर्डिङ स्कुल दोस्रो र सिद्दबाबा +२ होटल म्यानेजमेन्टले तेस्रो स्थान हासिल गरेको छ । उपमेयर कप भलिबलमा नीजि तथा सरकारी बिद्यालयका १३ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै शुक्रबार र शनिबार कराँते र तेक्वान्दो प्रतियोगिता पनि सम्पन्न भएका छन् । कराँतेमा २ सय जना भन्दा बढि सहभागि रहेकोमा एकसय जनाले मेडल र प्रमाणपत्र पाउनेछन् भने तेक्वान्दोमा १ सय ३५ जनाले मेडल र प्रमाणपत्र पाउने छन् ।
मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगिता २०८२ को शुक्रबार कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले उद्घाटन गरेका थिए । शनिबारदेखि खेलहरु सुरु भएका थिए ।
प्रतियोगितामा मेयर कप कराँते प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, भलिबल, फुटबल र दोस्रो क्रिकेट प्रतियोगिता सञ्चालन हुने छ भने उप–मेयर कप (विद्यालय स्तरीय) भलिबल प्रतियोगिता सञ्चालन भएका छन् ।
प्रतियोगितामा विजेता टिमले ५० हजार रुपौयाँ नगद सहित ट्रफी र मेडल र प्रमाणपत्र पाउनेछन् भने दोश्रो हुने टिमले ३० हजार र तेस्रो हुने टिमले १५ हजार नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । बिजेता टिमलाई सोमबार पुरस्कार वितरण गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष थापाले बताए ।



















