सिन्धुली । घाँस काट्न जाँदा डिलबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नं ४ धनमान खोलाकी ८० वर्षिय कान्छीमाया घिसिङको लडेर मृत्यु भएको हो ।
शनिबार बिहान घर नजिकैको पाखामा घाँस काट्ने क्रममा डिलबाट लडेर गम्भिर घाईते भएकी घिसिङको उपचारका क्रममा ट्रमा सेन्टर काठमान्डौमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् ।
उनको साँझ ६ बजे नै उनको निधन भएको खबर प्राप्त भएको सुवेदीले जानकारी दिए ।




















