सिन्धुली । माछा मार्न गएका रामेछापका प्रेम बहादुर भुजेलको शव शुक्रबार बलेनीघाटमा भेटिएको छ । रामेछाप नगरपालिका वडा नं. ९ का भुजेल जेठ ४ गते माछा मार्न सुनकोशी नदीमा गएका र सोहि दिनदेखि बेपत्ता भएका थिए ।
उनको शव गोलञ्जोर गाउँपालिका वडा नं. ६ बलेनीमा शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
स्थानीयले सुनकोशी नदीको किनारमा शव फेला परेको जानकारी दिएपछि इलाका प्रहरी कार्यालय खुर्कोटको टोली घटनास्थल गएको थियो ।
रामेछाप प्रहरीले मानिस हराएको जानकारी गराएको र सोहि अनुसारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले जानकारी दिएका छन । परिवारका सदस्यहरुले शवको पहिचान समेत गरिसकेको सुवेदीले बताए ।




















