सिन्धुली । महिला आन्दोलनलाई अगाडि बढाउनका लागि अनेमसंघभित्र भावनात्मक एकता हुन आवश्यक रहेको बताईन । अनेमसंघ सिन्धुलीको छैठौं जिल्ला सम्मेलनको शनिबार सिन्धुलीमाढीमा उद्घाटन गर्दै अध्यक्ष हमालले हाम्रा दुष्मनहरुलाई पराजित गर्न र महिला अधिकार स्थापित गर्नका लागि एकतावद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छिन ।
उनले आगामी निर्वाचनमा पचास प्रतिशत महिलालाई कार्यकारी पदमा निर्वाचित गर्ने गरि काम गर्न समेत आग्रह गरेकी छिन । उनले महिलाहरु भोट बैंक मात्र नभएको हुँदा अधिकार स्थापित गर्न लाग्नुपर्नेमा जोड दिईन । सयमा सय प्रतिशत निर्वाचित हुँदा पनि महिलालाई कानुनले अवरोध नगर्ने बताउँदै महिलाको अत्यधिक सहभागिताका लागि सूसुचित हुन र प्रयास गर्न आग्रह गरिन ।
उनले सिन्धुलीको नेकपा एमालेले महिला सहभागितामा नमुना बनेर देखाउन पनि आग्रह गरेकी छिन । उनले महिलाहरुलाई खुसुक्क उपपदमा उमेदवारी नदिन पनि उनले आग्रह गरेकी छिन । पुरुषले अड्कलेको खाना खाने हैन कानुनले दिएको अधिकार उपयोग गर्न संघर्ष गर्न आग्रह गरिन ।
अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वती भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मनोजजंग थापाले महिलाहरुको अधिकार स्थापित गर्नका लागि महिलाहरुले सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । उनले महिलाका सवाल मात्र नभई जनसंगठनले जनजीविकाका सबै सवालहरुलाई ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु गणेश कुमार पहाडी, विषमलाल अधिकारी दनुवार, निरु दर्लामी मगर, उमा कोइराला, कमलजंग राई, सुवास देवकोटा, अनेमसंघ बागमती प्रदेशका इन्चार्ज सारदा कुमाल, अनेमसंघ बागमति प्रदेश कमिटीका अध्यक्ष बिमला शर्मा, नेकपा एमालेका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अनेमसंघले सिन्धुली जिल्लाको महिला आन्दोलनमा योगदान दिएका महिला नेताहरु बागमती प्रदेशका उद्योग मन्त्री सुकुमाया तामाङ, दुर्गा ढकाल, सिता सिलवाल, विष्णुमाया चौहान, तिलकुमारी माझीलाई सम्मान गरेको छ ।
























