सिन्धुली । फिक्कल गाउँपालिका वडा नं. ४ मा रहेको खाङसाङ प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ ।
भवनको उद्घाटन मंगलबार वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक कृष्णहरी शर्माले संयुक्त रुपमा गरेका छन ।
वागमती प्रदेश सरकारको २ करोड ४६ लाख लागतमा भवन निर्माण भएको हो । कार्यालय, आवास र मेस सहितको साढे दुई तले भवन निर्माण सम्पन्न भएपछि भाडामा रहेको प्रहरी चौकी सुविधा सम्पन्न भवनमा सरेको छ ।
प्रदेश सरकारले यसअघि ६६ वटा प्रहरी चौकी भवन निर्माण सम्पन्न गरी हस्तातरण गरिसकेको मन्त्री लामिछानेले भवन उद्घाटनका अवसरमा बताएका छन ।२०७१ सालमा स्थापना भएको अस्थायी प्रहरी चौकीमा हाल १५ जनाका प्रहरी कर्मचारीको दरबन्दी रहेको छ । हाल ८ जना प्रहरी कार्यरत रहेका छन ।






















