सिन्धुली । ८४ मा महिला पहिला भन्ने सन्देश सहित देशव्यापी महिलावादी अनुपम यात्रा अभियान अन्तर्गत सोमबार सिन्धुलीमा महिला अधिकारकर्मीहरूले ¥याली निकालेका छन् । महिला मानव अधिकार रक्षक सञ्जाल, सिन्धुलीको समन्वयमा ¥याली भएको हो ।
आगामी निर्वाचनमा महिलालाई मुख्य पदमा लानका लागि अभिप्रेरित गर्नका लागि अभियन्ताहरुले ¥याली तथा सभा गरेका हुन । कमलामाई नगरपालिका–७ बुद्ध नगर चोकबाट सुरु भई जुनार चोकमा पुगेर कोणसभा गरिएको थियो ।
¥यालीमा जनप्रतिनिधि महिला, राजनीतिक दलसँग आवद्ध महिलाहरु, सामाजिक अभियन्ताहरु, महिला अधिकारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।
महिला अधिकारकर्मीहरूले २०८४ सालको निर्वाचनमा महिलालाई प्रमुख पदमा पु¥याउनु पर्ने, राजनीतिमा महिलाहरूको जित र जिम्मेवारी सुनिश्चित गर्नुपर्ने तथा पुरुष सरह समान अवसर प्रदान गर्नु पर्ने माग राख्दै नारा समेत लगाएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले महिलालाई सधैं सहायक भूमिकामा सीमित गरिँदा महिलाका मुद्दाहरू किनारा लागिरहेको बताइन ।
नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको संलग्नता नभएसम्म सुशासन र समतामूलक समाज निर्माण असम्भव रहने उनले बताईन ।
महिलावादी अनुपम अभियानकी सदस्य बिन्दा ठटालले २०८४ सालको निर्वाचनलाई केन्द्रित गर्दै महिला निर्णायक तहमा नपुगेसम्म महिलाका मुद्दाहरू ओझेलमा पर्ने भएकाले यो अभियान महत्वपूर्ण रहेको बताइन । दलगत स्वार्थभन्दा माथि उठेर महिलाहरूले एकता प्रदर्शन गर्नुपर्ने उनको बताईन ।
महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अप्सरा खड्काले महिला हिंसा, विभेद र अन्यायका विरुद्ध आवाज उठाउँदै राजनीतिक तहमा महिलाको सहभागिता सुनिश्चित गर्न दबाब दिने उद्देश्यले यो अभियान सुरु गरिएको बताइन ।























