सिन्धुली । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय नेतृत्वमा सिन्धुलीका चार जना निर्वाचित भएका छन । ३४ वर्षको संगठनको इतिहासलाई ब्रेक मार्दै महिला नेतृत्व पाएको संगठनको नेतृत्वमा जिल्लाबाट बागमती प्रदेशको सह इन्चार्जमा पुरुषोत्तम दाहाल, मधेश प्रदेशको सहइन्चार्जमा फडिन्द्र ढुंगेल र केन्द्रीय सदस्यमा पदम मगर, गोविन्दराज शिवाकोटी निर्वाचित भएका हुन ।
संगठनको बाह्रौं महाधिवेशन काठमान्डौमा शनिबार सर्वसम्मत नेतृत्व चयन गरि सम्पन्न भएको थियो । महाधिवेशनले भवानी दाहाललाई पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभास प्रसाद शाह निर्वाचित भएका छन ।
उपाध्यक्षमा युवाचन्द्र घिमिरे, विष्णु अर्याल, कृष्णबहादुर केसी, विजया लक्ष्मी सुवेदी निर्वाचित भए भने महासचिवमा रामचन्द्र अधिकारी निर्वाचित भएका छन । उपमहासचिवमा वामदेव ओली, सूर्यबहादुर कुँवर, कमला दाहाल, सचिवमा देवी पराजुली, राजबहादुर पछाईं, टीपी भण्डारी, ओम कढायत, गोविन्द अधिकारी निर्वाचित भए । यस्तै कार्यालय सचिवमा पदमबहादुर शाही निर्वाचित भए ।
प्रदेश इन्चार्जमा धुव्रबहादुर कार्की (कोशी), नौंतम पोख्रेल (मधेश), विष्णु अर्याल (बागमती), भरत भुसाल (गण्डकी), कविसिंह कठायत (लुम्बिनी), तुलाराम गिरी (कर्णाली), प्रकाशबहादुर खड्का (सुदुरपश्चिम) र गणेशप्रसाद आचार्य (उपत्यका विशेष प्रदेश) निर्वाचित भएका छन ।
महाधिवेशनबाट लेखापरीक्षण आयोगको संयोजकमा गोकर्ण कोइराला र सचिवमा राजेन्द्र कार्की, अनुशासन आयोग संयोजकमा अम्बिका धमला, सचिवमा शंकर भट्टराई, नीति अनुसन्धान आयोग संयोजकमा कमलबहादुर खत्री, सचिवमा काशीराम आचार्य, विज्ञान प्रविधि आयोग संयोजकमा विष्णुकुमारी अधिकारी, सचिवमा कवि तिम्सिना निर्वाचित भएका छन ।





















