• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बुधुनाखोला खानेपानी आयोजनाको मुहानमा विवाद भएपछि उपभोक्ताले गरे नगरपालिका घेराउ

बिमला पाण्डे by बिमला पाण्डे
माघ ३०, २०८१
in Featured, Life, News, Province 3, Society
0

Share via:

101 Shares
  • Facebook 101
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बुधुनाखोला खानेपानी आयोजनाको मुहानमा विवाद भएको छ । मुहानमा आएको विवाद समाधानमा स्थानीय तहका जनप्रतिनिधिले चासो नदिई विवाद गराउनतर्फ लागेको भन्दै खानेपानी आयोजनाका उपभोक्ताले बुधबार दिनभर कमलामाई नगरपालिका कार्यालय रित्तो गाग्री सहित घेराउ गरेका छन ।

उपभोक्ताले रित्तो गाग्री सहित सिन्धुलीमाढी बजारमा प्रदर्शन समेत गरेका थिए । वडा नं. १२ का सबै घरधुरी खानेपानीको माग गर्दै सिन्धुलीमाढीमा रहेको कमलामाई नगरपालिकाको कार्यालय घेराउ गर्न आएका छन । वडाका तीनसय बढी नागरिकले खानेपानी पहिलो प्राथमिकता रहेकाले खानेपानी खान पाउनुपर्ने माग गरेका छन ।

कमलामाई नगरपालिका वडा नं. १२ का स्थानीयहरुले मुहानको विवाद समाधान गर्न वडा नं. ११ र १२ को वडा अध्यक्षहरु र कमलामाई नगरपालिकाले चासो नदिएपछि आन्दोलन गर्नु परेको आन्दोलनमा आएका उपभोक्ताहरुले बताएका छन ।

कमलामाई नगरपालिका वडा नं. ११ का किसानहरुले कनपा १२ का उपभोक्तालाई खानेपानी आयोजना निर्माण गर्न नदिएपछि मुहानमा विवाद आएको स्थानीय विनोद श्रेष्ठले बताए । मुहानदेखि ७ किलोमिटर तलका बासिन्दाले विवाद गर्नुपर्ने कुनै कारण नभएको र आयोजना सुरु हुने समयसम्म कुनै विवाद नभएको उनले बताए । आफ्नै वडाको एक मात्र खानेपानीको श्रोतको मुहान भएको र आफ्नै वडाको श्रोतको समेत प्रयोग गर्न नपाएको उक्त आयोजनाका उपभोक्ताहरुको गुनासो छ । स्वास्थ्यका लागि पानी (नेवा) को आर्थिक सहयोगमा बन्न लागेको उक्त आयोजनाको निर्माणको काम सुरु भइसकेको थियो । एक किलोमिटर पाईपलाईन खनिसकेपछि आयोजनाको निर्माणको काममा कनपा ११ का स्थानीयले विवाद गरेपछि खानेपानी आयोजना निर्माणको काम रोकिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उक्त आयोजना कमलामाई नगरपालिकाको ३१ लाख, २७ लाख जनश्रमदान र नेवाको ७२ लाख सहयोग गरि १ करोड ३० लाख लगानीमा निर्माण हुँदै छ । आयोजनाबाट कनपा १२ का १६० घरधुरीलाई खानेपानी आपूर्ति गर्ने लक्ष रहेको छ । आयोजनाको मुहान दर्ता भईसकेको र आयोजनाको निर्माणको काम सुरु भईसकेको तर राजनीतिक रङ दिएर जनप्रतिनिधिहरुले नै विवाद सृजना गरेको उनीहरुको आरोप छ ।

मेयर उपेन्द्र पोखरेलले खोलाको पानी लान पाईदैन भनेपछि आन्दोलन गर्न बाध्य भएको उपभोक्ताले बताएका छन । ‘वडा नं. ११ नम्बरका जनताले सिंचाई गर्न पाउने, वडा नं. १२ का जनताले खानेपानी खान नपाउने यस्तो पनि न्याय हुन्छ ?’, श्रेष्ठले भने । मेयरको डिजाईनमा पूर्वाग्रही तरिकाले खानेपानी आयोजना निर्माणमा राजनीति गरेको स्थानीयको आरोप छ ।

उनीहरुका अनुसार कनपा ११ का बासिन्दाहरुलाई पटक पटक वार्तामा बोलाईएको भए पनि वार्तामा नआएपछि आन्दोलनमा आउनुको विकल्प नभएको समेत बताए । खानेपानी मुहानको विवादका सम्बन्धमा जानकारी दिन आन्दोलनरत पक्षले संयुक्त प्रेस विज्ञप्ती समेत जारी गरेका छन । विज्ञप्तीमा खानेपानी आयोजनाका अध्यक्ष रविलाल नेपाली, कनपा १२ मा रहेका राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाका प्रतिनिधिले हस्ताक्षर गरेका छन ।

कनपा ११ का सिंचाईका उपभोक्ताहरुले आन्दोलन गरेपछि कमलामाई नगरपालिकाको कार्यपालिका बैठक बसेको छ । बैठकले मेयर उपेन्द्र पोखरेलको संयोजकत्वमा विवाद समाधान कार्यदल निर्माण भएको छ । ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरि समिति निर्माण गरिएको छ । समितिमा कनपा ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङ, कनपा ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्का, कनपा ११ का वडा अध्यक्ष राम बहादुर थिङ, कनपा १२ का अध्यक्ष भिम बहादुर गुर्मछान, राष्ट्रिय दलका वडा नं. ११ र १२ का प्रतिनिधिहरु, योजना तथा पूर्वाधार शाखा प्रमुख, नेवाको प्राविधिक १ जना, वन, वातावरण, विपद तथा खानेपानी शाखा प्रमुख सदस्य सचिव रहने गरि कार्य दल बनाएको छ । कार्यदल निर्माण भएपछि केहि दिनका लागि उपभोक्ताले आन्दोलन स्थगित गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रथम सिन्धुली जिल्ला स्तरीय खेलकुद महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड हुने

Next Post

निजामती कर्मचारी संगठनको नेतृत्वमा सिन्धुलीका चारजना निर्वाचित

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied