सिन्धुली । जिल्लामा पहिलो पटक खेलकुद महोत्सव हुने भएको छ । जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता तथा प्रथम सिन्धुली जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ गर्न लागिएको हो ।
खेलकुद महोत्सव फागुन ५ गतेदेखि १३ गतेसम्म सिन्धुलीमाढीमा गरिने जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष विर बहादुर थिङ तामाङ (विशाल) ले बताए । शनिबार खेलकुद विकास समितिको कार्यालय सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरि खेलकुद प्रतियोगिता र महोत्सवको बारेमा जानकारी गराईएको छ । खेल महोत्सवमा खेलकुद प्रतियोगिता मात्र नगराई खेलकुद क्षेत्रमा अब्बल खेलाडी, सहयोगी निकायहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सफल भएका खेलाडीहरुलाई समेत सम्मान गरिने कार्यक्रम तय गरिएको छ । प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन ।
जिल्लाका ९ वटा स्थानीय तहको समन्वय सहकार्य र आर्थिक सहयोगबाट कार्यक्रम आयोजना गर्न लागिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । स्थानीय स्तरबाट खेल र खेलाडीको विकासमा सहयोग पु¥याउने उद्देश्यले खेलकुद महोत्सव आयोजना गरिएको तामाङले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै मूल आयोजक समितिका सदस्य दिपेन्द्रध्वज बस्नेतले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १० वटा खेल खेलाईने बताए । उनले भलिवल, फुटबल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेक्टिस, म्याराथन, बक्सिङ खेल समावेश गराईने पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
प्रतियोगितामा जिल्लाका नौ वटा स्थानीय तहका १ हजार ३ सय ३३ खेलाडीहरुले प्रतियोगितामा भाग लिने छन । खेल महोत्सवमा स्थानीय तहको आन्तरिक प्रतिस्पर्धाबाट छानिएका खेलाडी तथा टिमले खेलमा सहभागि हुन पाउनेछन । विजेता खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्रको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ । यस्तै खेलको विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
महोत्सवको पहिलो दिन मार्चपास तथा ¥यालीको आयोजना गरिएको छ । खेलमा लगानी हुने तर खेलाडी टिकाउन नहुने समस्यालाई कम गर्न महोत्सव महत्वपूर्ण हुने समेत आयोजकले विश्वास लिएको छ । प्रतियोगिता तथा महोत्सवका लागि करिब ४१ लाख खर्च लाग्ने समेत आयोजकले जनाएको छ । समितिमा बजेट नभएकाले सबै रकम सहयोग जुटाएर गर्न लागिएको समेत बताईएको छ ।





















