सिन्धुली । भूमि समस्या समाधान आयोग जिल्ला समिति सिन्धुलीका नवनियुक्त अध्यक्ष कौशल कोइरालाले आइतबार पदभार ग्रहण गरेका छन ।
पदभार ग्रहण पश्चात् अध्यक्ष कोइरालाले जिल्लामा रहेका भूमिहिन जनताहरूलाई न्याय दिनको लागि काम गर्ने बताए । कोइरालाले सरकारले निर्माण गरेको कानुन, ऐन र कार्यविधि अनुसार भूमि समस्या समाधान गर्न काम गर्ने बताए ।
बर्षाैंदेखिको भूमिहिन समस्या समाधान गर्न मसिनो ढंगबाट काम गर्ने बताउँदै उनले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि सबै पक्षसँग हातेमालो र समन्वय गरेर अघि बढ्ने बताए ।
सरकारले तोकेको समयसिमा तीन वर्षभित्र भूमि तथा अव्यवस्थित बसोबासीसँग सम्बन्धित समस्या स्थायी रूपमा समाधान हुने गरी आफूले काम गर्ने उनले बताए ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति सिन्धुलीको एक्लैको प्रयासले मात्र भूमिको समस्या समाधान नहुने भएको सबैको रचनात्मक सुझाव र सहयोगको खाँचो रहेको पनि उनले बताए ।





















