सिन्धुली । नेपाल शिक्षक महासंघ कमलामाई नगर समितिको अध्यक्षमा रामेश्वर दाहाल निर्वाचित भएका छन । विहिबार सम्पन्न दोस्रो अधिवेशनबाट दाहालको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको सह अध्यक्षमा रामप्रसाद सिग्देल, महिला उपाध्यक्षमा अन्जु गिरी (दाहाल), उपाध्यक्षमा लक्ष्मीराज श्रेष्ठ, सचिवमा मनोज काफ्ले निर्वाचित भएका छन । यस्तै सहसचिवमा तिर्थ कोइराला, सहसचिव महिलामा सानुमाया थोकर, सहसचिव (अर्थ) मा मोहन कुमार श्रेष्ठ निर्वाचित भएका छन ।
यस्तै संस्थागत सहसचिवमा लोककुमारी श्रेष्ठ, दाताराम बराल, शैलेन्द्र घिमिरे निर्वाचित भएका छन । अधिवेशनबाट सदस्यमा हरिबहादुर देवकोटा, अम्बरराज थिङ, मनकुमारी श्रेष्ठ, निर्दोश थिङ, बासिका भुजेल, सर्मिला बराल, विष्णुबहादुर भुजेल, अस्मिता घलान पाख्रिन, शिद्ध बहादुर जोगी, हिरा पूर्वछाने मगर, चुडाबहादुर थापा निर्वाचित भए । यस्तै पदेन सदस्यमा ः हरिबहादुर थापा, दिपककुमार बुढाथोकी र केदार प्रसाद अधिकारी निर्वाचित भएका छन ।





















