सिन्धुली । विहिबार प्रहरीले विना विल तथा कागजपत्र विनाको अवैध काठ सहित ३ जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका वडा नं. ६ अँधेरी अन्तर्गत विपी राजमार्गबाट ९ वटा तयारी साल जातको कडी सहित तीन जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कनपा ६ अँधेरीबाट ढुंग्रवास काठ लाँदै गर्दा प्रहरी चौकी ढुंग्रेवासको गस्ती टोलीले काठ सहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।
पक्राउ पर्नेमा कमलामाई नगरपालिका वडा नं. ६ जसेदमारका राम बहादुर वि.क, अस्मी परियार र दिपेश परियार रहेको एसपी काफ्लेले बताए ।
बरामद गरिएको काठ र पक्राउ परेका व्यक्तिहरुलाई डिभिजन वन कार्यालय सिन्धुलीलाई बुझाईएको काफ्लेले बताए । उनका अनुसार काठ बोकेर लाँदै गरेको अवस्थामा फेला पारिएको हो ।




















