सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा न. .७ खुर्कोटमा अरिंगालले टोकेर एक महिलाको मृत्यु भएको छ । गोलञ्जोर गाउँपालिका वडा नं. ७ को खुर्कोट बजारबाट आफ्नो गाउँ राताटार जाँदै गरेकी ७३ वर्षिय बिमला परियारलाई अरिंगालले टोक्दा मृत्यु भएको हो ।
बुधबार साँझ घर फर्कने क्रममा भिमज्योति क्याम्पस नजिकै अरिंगालले टोकेको थियो । अरिंगालको टोकाईबाट घाईते भएकी उनलाई बेहोस अवस्थामा प्रहरीले उद्धार गरि खुर्कोटमै रहेको शुभजीवन अस्पताल लगेको थियो ।
उपचारका क्रममा करीब ९ बजेतिर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।




















