सिन्धुली । मरिण गाउँपालिकाको जखनी खोला किनारमा हिड्दा हिड्दै लडेर सोमबार एक जनाको मृत्यु भएको छ ।
मरिण गाउँपालिका वडा नं. २ मुङग्रे दोभानका ४९ वर्षिय देव कुमार घलान बाटोमा हिँडिरहेको अवस्थामा जखनीखोला किनारमा लडेर घाईते भएका थिए ।
घाईते घलानलाई आफन्तले उद्धार गरि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा लगेकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















