सिन्धुली । नेकपा एमाले सिन्धुलीले विभिन्न ठाउँमा किसानका खेतमा पुगेर २२ औं धान दिवस मनाएको छ । असार १५ अर्थात राष्ट्रिय धान दिवसका अवसरमा आइतबार नेकपा एमालेका पालिका स्तरीय कमिटीहरुको आयोजनामा धान दिवस मनाईएको हो ।
किसानका खेतमा पुगेर धान रोपेर एमाले नेता कार्यकर्ताले धान दिवस मनाएका हुन । नेकपा एमाले कमलामाई नगर कमिटीको आयोजनामा कमलामाई नगरपालिका १ मझिनी दमारमा धान रोपाईं गरिएको छ ।
धान रोपाई कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोईराला, बागमती प्रदेश कमिटी सदस्य प्रदीप कटुवाल, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपसचिवहरु पार्वती भट्टराई, दिपेश बराल, जिल्ला कमिटीका सदस्यहरु, नगर कमिटी अध्यक्ष सुन्दर घिसिङ सहित नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु, अनेमसंघका अध्यक्ष शान्ता पाख्रिन लगाएतका नेताहरु सहित मझिनी दमार पुगेर धान रोपाईं गरेका हुन ।
फिक्कल गाउँकमिटीको आयोजनामा झगरेवेशीमा धान दिवस मनाईएको छ । गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार, उपाध्यक्ष राजु बराल, पालिका भुगोलमा रहेका पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थितिमा धान दिवस मनाईएको फिक्कल गाउँपालिका कमिटीका सचिव नवराज पहाडीले जानकारी दिएका हुन ।
यस्तै दुधौली नगरकमिटीले पनि दुधौलीमा धान दिवस मनाएको छ । किसानका खेतमा रोपाईं गरेर धान दिवस मनाईएको हो । जसमा नेकपा एमालेका केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवार, अग्रज नेता डम्बर कार्की लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको नेकपा एमाले दुधौली नगर कमिटी अध्यक्ष खेटराज अधिकारीले बताए ।
पार्टीले आफै आयोजना गरेका बाहेकका स्थानमा अन्य संघसंस्था तथा सरकारी निकायले आयोजना गरेका धान दिवसका कार्यक्रममा एमाले नेता कार्यकर्ताले सहभागिता जनाएको नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताए ।






















