सिन्धुली । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार साँझ सार्वजनिक भएको छ । एसईई २०८१ मा जिल्लाबाट ७५.३८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । २४.६२ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्न सकेका छैनन ।
जिल्लाबाट एसईई परीक्षा दिएका ४ हजार ९ सय ४३ विद्यार्थी मध्ये ३ हजार ७ सय २६ जनाले एसईई उत्तिर्ण गरेका हुन । ननग्रेडमा १ हजार २ सय १७ जना परेका छन ।
जिल्लाका तीन जनाले ४ जिपीए अंक प्राप्त गरेका छन । साईनिङमुन एकेडेमी सिन्धुलीकी छात्रा रोशनी थापा, सूर्योदयका छात्रा सुजता भुजेल र छात्र सुमन बस्नेतले ४ जिपिए अंक सहित जिल्लामा उत्कृष्ट भएका छन ।
शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका अनुसार जिल्लामा प्राविधिक धारतर्फ १७० जना विद्यार्थी उत्तिर्ण भएका छन भने साधारणतर्फ ३ हजार ५ सय ५६ जनाले एसईई उत्तिर्ण गरेका छन ।
जसमध्ये ४ जिपिए ३ जनाले प्राप्त गरेका छन । यस्तै ३.६० जिपिए भन्दा माथि ४ जिपिएभन्दा कम नतिजा ल्याउने ४ सय ५ जना, ३.२० देखि ३.६० सम्मको नतिजा ल्याउने ८ सय ४० जना, २.८० देखि ३.२० सम्म जिपिए ल्याउने १ हजार २ सय ६६ जना रहेका छन ।
यस्तै २.४० देखि २.८० सम्म जिपिए प्राप्त गर्ने १ हजार ६१ जना र २ देखि २.४० सम्मको ग्रेड प्राप्त गर्ने १ सय ५१ जना रहेका छन ।





















