सिन्धुली । कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान) सिन्धुली शाखाको अध्यक्षमा प्रेमनाथ मैनाली (बासु) सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार सिन्धुलीमाढीमा सम्पनन क्यान सिन्धुलीको १० औं बार्षिक साधरणसभा तथा ५ औं अधिवेशनले मैनालीलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले मैनालीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा समिर श्रेष्ठ, सचिवमा मिनबहादुर श्रेष्ठ (दिपक), सहसचिवमा सोनी कुमारी झा, कोषाध्यक्षमा होमबहादुर श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा मनोज थापा मगर र चित्रकुमारी श्रेष्ठ निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिले विधान अनुसार दुई जना सदस्यहरु मनोनित गरि थप गरेको छ । मनोनित हुनेमा ज्योती श्रेष्ठ र खुस बहादुर दाहाल (अन्जन) रहेका छन ।





















