सिन्धुली । राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीको अध्यक्षमा उद्धव कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन । बुधबार सिन्धुलीमाढीमा सम्पन्न जिल्लाका फोटो पत्रकारहरुको प्रथम जिल्ला भेलाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समूह गठन गरेको हो ।
समूहको उपाध्यक्षमा बुद्ध नेपाली, सचिवमा राधिका बुढाथोकी, सहसचिवमा अशोक काफ्ले (जे.पि.टी), कोषाध्यक्षमा कुमार दुलाल, सदस्यहरूमा गंगा विशुंखे, दिलिप कुमार श्रेष्ठ, बिमला रजन मगर, पुनम सुनुवार, राजकुमार श्रेष्ठ र आस्था विश्वकर्मा चयन भएका छन् ।
फोटो पत्रकारहरुको भेलामा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान, कमलामाई नगरपालिका वडा नं. ६ का अध्यक्ष उज्जल कुमार थापा, नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजंग थापा, नेपाल रेडक्रस सोसाईटीका सभापति अशोक कुमार श्रेष्ठ, प्रेस सन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठ, प्रेस यूनियन सिन्धुलीका अध्यक्ष बरूण लामिछाने, राष्ट्रिय फोटो पत्रकार समुह बागमती प्रदेश निवर्तमान सदस्य तथा प्रेस चौतारी नेपाल सिन्धुलीका कोषाध्यक्ष बलवीर भुजेल लगाएतको सहभागिता रहेको थियो ।






















