सिन्धुली । कमलामाई नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि भगवति माविको भगवति क्रिकेट क्लबले जितेको छ । जनज्योति मावि फोस्रेटारलाई १३ रनले पराजित गर्दै भगवति विजयी बनेको हो ।
शनिबार सम्पन्न फाईनल खेलमा टस जितेर व्याटिङ रोजेको भगवतिले फोस्रेटारलाई १० ओभरमा ४८ रनको लक्ष्य दिएको थियो । फोस्रेटारले १० ओभरमा ३३ रनमा आफुलाई सिमित गरेको थियो ।
बुधवारदेखि शनिबारसम्म सिन्धुलीमाढीमा जारी प्रतियोगितामा आठ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा जनज्योति मावी फोस्रेटारले द्धितिय स्थान हासिल गर्न सफल भएको छ ।
भगवती बाल क्लब सिन्धुलीको आयोजना तथा भगवती अंग्रे्रेजी मावी सिन्धुलीको सौजन्यमा आयोजना गरिएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद १२ हजार ५ सय, ट्रफी र मेडल प्राप्त गरेको भगवति माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्णकुमार उप्रेतिले बताए ।
यसैगरी प्रतियोगितामा द्धितिय स्थान हासिल गर्ने टिमले ६ हजार नगद र ट्रफी प्राप्त गरेको छ ।




















