सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको साँढेमा बागमति नदिले बस्ती डुवाएको छ । साँढेका ४० घर डुवानमा परेका छन ।
प्रहरी, स्थानीय सहितको टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सारेका छन । मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ ।
बागमती नदीको वहाव बढेकाले नागरिकलाई सुरक्षित बनाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुँयालले बताए ।
साँढेमा रहेको बागमति नदीको पक्कि पुल माथिसम्म बाढी आएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















