सिन्धुली । चोरी निकासी गर्नका लागि तयार गरेर राखिएको काठ प्रहरीले आइतबार जंगलबाटै बरामद गरेको छ । इलाका प्रहरी कार्यालय डकाहाबाट गएको गस्ती टोलीले दुधौली नगरपालिका ८ देउराली फेदी खोरभञ्ज्याङबाट ५७ दशमलब ५२ क्युफिट तयारी काठ बरामद गरेको हो ।
प्रहरीले ७ फिटका ५३ थान र ६ फिटका ४९ थान गरि १०२ थान चिरान गरिएको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीले बरामद गरेको काठ आवश्यक कानुनी प्रक्रिया पुरा गरि सव डिभिजन वन कार्यालय दुधौलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।





















