सिन्धुली । मदनभण्डारी राजमार्गको सिन्धुली हेटौडा सडक खण्ड अवरुद्ध भएको छ ।
शुक्रबार दिउँसो साढे ४ बजेतिर उक्त सडक खण्ड अन्तर्गत हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ को हाक्पारामा लेदो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अवरुद्ध सडक खुलाउनका लागि जेसिवी र स्थानीयसँगको सहकार्यमा पहल भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















