सिन्धुली । सुनकोशी गाउँपालिका ६ भालुखोलामा शुक्रबार विङ्गर माइक्रो दुर्घटना भएको छ । दुर्घटनामा परि ११ जना घाइते भएका छन् ।वीपी राजमार्ग अन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ज०१३२ नम्बरको विङ्गर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
विङ्गर सडकबाट ४५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । दुर्घटनामा परि घाईते हुनेमा गाडी चालक सर्लाही बागमती नगरपालिका २ का रुपलाल राउत, बागमती २ का महेश कुमार थापा, कृष्ण कुमार के.सी, लालबन्दी नपा २ का खेसाङ लामा, कमलामाई नगरपालिका ९ सिन्धुलीका काउले माझी, तिनपाटन गाउँपालिका ७ का जमुना काफ्ले, रामजी काफ्ले रहेका छन ।
यस्तै लालबन्दी ९ बस्तीपुरका अनोज मगर, अस्मिता खपांगी मगर, श्रीया योञ्जन र सर्लाही लालबन्दी ७का दशरथ यादव घाईते भएका छन । घाईतेमध्ये ६ जनाको शुभजीवन अस्पताल खुर्कोट र अन्यको सुनकोशी सामुदायीक अस्पतालमा उपचार भईरहेको काफ्लेले बताए ।
घाईतेमध्ये गाडी चालक सर्लाहिको वागमती नगरपालिका वडा नं. २ का रुपलाल राउत गम्भिर घाईते भएका छन । उनलाई शुभजीवन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ लगिएको छ ।
यस्तै केहि घाईतेहरुलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाईएको पनि प्रहरीले जनाएको छ । घाइतेमध्ये गाडी चालक सर्लाहीको बागमती नगरपालिका– २ घर भएका ३८ वर्षीय रुपलाल राउतलाई बढी चोट लागेको प्रहरीले जनाएको छ । उनलाई सिन्धुलीकै शुभजीवन अस्पतालमा सामान्य उपचार गरेर थप उपचारको लागि काठमाडौँको ट्रमा सेन्टरमा रेफर गरिएको छ ।





















