सिन्धुली । मदनभण्डारी राजमार्गको लक्ष्मीपुरमा सडक दुर्घटना हुँदा २ जना घाईते भएका छन । शुक्रबार अटो र टाटा सफारी ठोक्किंदा दुईजना घाईते भएका हुन ।
भिमानबाट दुधौलीतर्फ गईरहेको वा१७च३६०२ नम्बरको टाटा सफारी र विपरित दिशाबाट आउँदै गरेको को२ह२९३६ नम्बरको अटो दुधौली नगरपालिका ४ लक्ष्मीपुरमा ठोक्किएको हो ।
दुर्घटनामा परि अटोचालक उदयपुर कटारी नगरपालिका ४ का ४५ वर्षिय वकिल बहादुर आले मगर र अटोमा सवार उदयपुर कटारी नगरपालिका ४ की ५० वर्षिय नरीमाया आले मगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घार्ईते दुवै जनाको दुधौली नगर अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।





















